शिक्षाश्री कानपुर माध्यमिक विद्यालयको ७८ औँ वार्षिक उत्सव भव्य रूपमा मनाउंदै

श्री कानपुर माध्यमिक विद्यालयको ७८ औँ वार्षिक उत्सव भव्य रूपमा मनाउंदै

कठमाडौं । शिक्षा, संस्कार र इतिहासको गौरव बोकेको श्री कानपुर माध्यमिक विद्यालयले आफ्नो ७८ औँ वर्ष प्रवेशको अवसरमा वार्षिक उत्सव तथा स्मारिका विमोचन कार्यक्रम आयोजना गर्ने भएको छ।

यहि माघ २१ गते हुने उक्त विशेष कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवम् पूर्व युवा तथा खेलकुद मन्त्री माननीय रत्न ढकालको प्रमुख आतिथ्यता रहने विद्यालयले जनाएको छ। ७८ वर्षदेखि शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आएको कानपुर माध्यमिक विद्यालयको यो कार्यक्रम केवल उत्सव मात्र नभएर विद्यालयको ऐतिहासिक यात्राको स्मरण, शैक्षिक उपलब्धिको समीक्षा, भविष्यको शैक्षिक दिशाबारे प्रतिबद्धता व्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि लिइएको छ।

कार्यक्रममा विद्यार्थीहरूको विविध सांस्कृतिक प्रस्तुति, विद्यालयको इतिहास, संघर्ष र उपलब्धि समेटिएको स्मारिका विमोचन, शिक्षक, विद्यार्थी तथा योगदानकर्ताको सम्मान समेत गरिने तयारी रहेको छ। विद्यालय व्यवस्थापन समितिका अनुसार, यस कार्यक्रमले विद्यालय, अभिभावक, पूर्व विद्यार्थी तथा स्थानीय समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ। शिक्षाको उज्यालो यात्रा बोकेको श्री कानपुर माध्यमिक विद्यालयको ७८ औँ वार्षिक उत्सव स्थानीय तहकै लागि गर्वको विषय बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सम्पुर्ण, अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी, सरोकारवाला तथा समुदायका सम्पुर्ण महानुभावहरुलाई उपस्थितिका लागि विद्यालयले निमन्त्रणा समेत गरेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्