मनोरञ्जनदशैंको फुलपातीमा रिलिज हुने चलचित्र‘माइती घर’को ट्रेलरले मच्चायो तहल्का

दशैंको फुलपातीमा रिलिज हुने चलचित्र‘माइती घर’को ट्रेलरले मच्चायो तहल्का

काठमाडौं । दशैंको फुलपातीको दिनदेखि अल नेपाल रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘माइती घर’ ले प्रचार–प्रसारलाई आक्रामक ढंगले अघि बढाएको छ। चलचित्रको हालै सार्वजनिक गरिएको ट्रेलरले छोटो समयमा नै उच्च दर्शकसंख्या पाउँदै सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। हिजो चार बजे सार्वजनिक भएको ट्रेलर चार घण्टामा नै युट्युबको मुभि चार्टको ट्रेण्डिङ नम्बर पाँचमा परेको थियो ।

ट्रेलरबाट नै दर्शकले चलचित्रको कथावस्तु र अभिनयको झलक देखेर विशेष उत्साह प्रकट गरेका छन्। निर्माता–निर्देशक टिमले दशैंलाई लक्षित गर्दै प्रदर्शन हुने भएकाले चलचित्रले ठूलो व्यावसायिक सफलता हासिल गर्ने अपेक्षा समेत राखिएको छ। ट्रेलर सार्वजनिक गरिएको चार घण्टामै युट्युव ट्रेण्डिङमा पर्नु र टिकटकमा समेत ट्रेलरले चार घण्टामै ३० लाखभन्दा बढी भ्युज बटुलेपछि माइती घर टिमले डबल डोजको मज्जा लिएका छन् । 

विभिन्न भाषा, धर्म र समुदाय रहेका नेपालमा अनेकन खालका मौलिक संस्कारहरु रहेका छन् । जसमध्य चलचित्र माइती घरले भने यो पटक तामाङ समुदायको मौलिक कल्चरलाई रचनात्मक शैलिमा प्रस्तुत गर्दै विश्वमाझ पुर्याउने कोशिश गरेको निर्माण पक्षले बताए । हालै सार्वजनिक भएको ट्रेलरकै आधारमा भन्ने हो भने चलचित्रमा मौलिकता संगै प्रेमकथा र कमेडिलाई पनि उत्तिकै प्राथमिकतामा राखेको सहजै अनुमान लगाउन सकिन्छ  ।

रोहित अधिकारी फिल्म्सको प्रस्तुति रहेको नेपाली चलचित्र ‘माइतीघर’को निर्देशक मिलन लामा रहेको छ भने चलचित्रमा धिरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, केदार घिमिरे माग्ने बूढा, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल, तामाङ चलचित्रका महानायक अमिर दोङ, नायिका चांदनी मोक्तान, हांस्यकलाकार कुइसाङ रुम्बा, फुलकुमार बोम्जन लगायत अन्य थुप्रै कलाकारहरुको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्