मनोरञ्जनप्रथम वार्षिकोत्सवमा रोयल नेपाल रोधी क्लवः बन्दैछ संस्कृति/सेलो/लोक भाकाको संगम(भदौ १८-२२)

प्रथम वार्षिकोत्सवमा रोयल नेपाल रोधी क्लवः बन्दैछ संस्कृति/सेलो/लोक भाकाको संगम(भदौ १८-२२)

काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित संचालनमा रहेको लग्जरियस “रोयल नेपाल रोधी क्लब”ले आफ्नो प्रथम वार्षिकोत्सव भव्यताको साथ मनाउनका लागि तिव्र तयारी थालेको छ । रोधी क्लब संचालनमा ल्याएको एक बर्ष पुरा भएको अवसरमा यहि भाद्र १८ गतेदेखि २२ गतेसम्म विशेष सांस्कृतिक कार्यक्रमका साथ मनाउने भएको छ। 

रात्रिकालिन व्यवसायमा दुई दशकभन्दा लामो अनुभव बटुलेका  युवा व्यवसायी सुनील छेवाङ लामाको अनुसार रोयल नेपाल रोधी क्लबले केवल रेष्टुरेन्टको रुपमा मात्र नभई संगीत, संस्कृति र अतिथि सत्कारको संस्कारलाई समेत जीवन्त केन्द्रको रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउने उद्देश्य राखेको छ। उनका अवुसार आगामी दिनमा हुने वार्षिकोत्सव कार्यक्रमलाई सफल बनाउन क्लवका पदाधिकारी, सदस्य तथा कलाकारहरू पनि उत्तिकै सक्रिय रहेका छन् ।

पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य माननीय तीर्थ लामा बाट उद्घाटन हुने वार्षिकोत्सवमा सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा क्लबले स्थापना देखि अहिलेसम्म गरेका क्रियाकलापहरूको समीक्षा समेत गरिने भएको छ । कार्यक्रमलाई अझ आकर्षक र थप प्रभावकारी बनाउन विशेष अतिथि कलाकारहरूलाई पनि आमन्त्रण गर्ने संचालक लामाले बताए । उनले भने “क्लवले आफ्नो पहिलो वर्षलाई उपलब्धिपूर्ण बनाउन समाजमा रोधि संस्कृतिको संरक्षण, प्रचार–प्रसार तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिएको छ ।”

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, रोधि परम्पराको झल्को दिने गीत-संगीत, सम्मान तथा समीक्षा सत्रको आयोजना गरिनेछ । सो अवसरमा क्लवको स्थापना पछाडिका उपलब्धिहरू प्रस्तुत गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्ने योजनाबारे जानकारीसमेत दिने क्लवले जनाएको छ । उनले थपे “रोयल नेपाल रोधी क्लवले आफ्नो स्थापनादेखि नै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनलाई प्रमुख एजेन्डा बनाउँदै आएको छ । क्लवले पहिलो वर्षमा प्राप्त गरेको उपलब्धि र आगामी योजनाबारे वार्षिकोत्सवमार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ ।”  क्लबले आगामी दिनमा अझ गुणस्तरीय सेवा, स्वादिष्ट र स्वास्थ्यप्रद भोजन, प्रीमियम पेय पदार्थ तथा आकर्षक सांगीतिक/सांस्कृतिक प्रस्तुतिमार्फत पाहुनालाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

उक्त पांचदिने उत्सवमा दोहोरी तथा लोक संगीतका लाइभ प्रस्तुति, सांस्कृतिक नृत्य, हास्य–व्यंग्य कार्यक्रम, चर्चित अतिथि कलाकारहरूको विशेष प्रस्तुति, रोमाञ्चक लकी ड्र, आकर्षक पुरस्कार वितरण र लेट–नाइट डीजे सेसन समावेश रहनेछ। भने प्रमुख कार्यक्रमहरू:

• भदौ १८: चर्चित गायक राजु परियार

• भदौ १९: चर्चित गायिका ज्योति मगर

• भदौ २०: चर्चित गायक पशुपति शर्मा

• भदौ २१: विशेष तामाङ सेलो कार्यक्रम – चर्चित गायक रोज मोक्तान, फूल कुमार बम्जन र कोशिश थोकर

• भदौ २२: चर्चित डान्सर तथा मोडल सुनिल क्षेत्री, करिश्मा शाही र सञ्चिता बोलाखेको बेजोड प्रस्तुति रहनेछ ।

यो उत्सवको अवसरमा क्लबले २० प्रतिशत विशेष छुट प्रदान गर्ने योजना बनाएको छ भने उत्कृष्ट भोजन, प्रीमियम पेय र उच्चस्तरीय मनोरञ्जन दिने भएकोले सम्पूर्ण ग्राहक तथा शुभेच्छुकहरूलाई निमन्त्रणा समेत गरिएको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्