मनोरञ्जनतामाङ चलचित्रमा दर्शकको बढ्दो क्रेज, “ए ङाला ह्राङ्बा माया” एकैदिनमा दुई शो...

तामाङ चलचित्रमा दर्शकको बढ्दो क्रेज, “ए ङाला ह्राङ्बा माया” एकैदिनमा दुई शो सन्पन्न

काठमाडौं । तामाङ चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ शनिबार विशेष प्रदर्शन सम्पन्न भएको छ । काठमाडौ चाबहिलस्थित नेपाल चलचित्र विकास बोर्डमा दर्शकहरुको खचाखच सहित चलचित्रको दुई शो सम्पन्न भएको हो ।

पछिल्ला बर्षहरुमा तामाङ चलचित्रको खडेरी परे पनि छिटपुट प्रदर्शनमा ल्याएका केही चलचित्रहरुमा दर्शकको आकर्षण तीव्र रूपमा बढिरहेको देखिन्छ। नेपाली चलचित्र उद्योगमा आफ्नो मौलिक पहिचान बनाउँदै अघि बढिरहेको तामाङ चलचित्र हेर्न हलमा ओहिरिएको दर्शकको भिडले पनि तामाङ चलचित्रप्रतिको आकर्षण तिव्र रहेको पुष्टि हुन्छ । राजधानी काठमाडौंदेखि लिएर अन्य जिल्लाको सिनेमा हलमा समेत विशेष प्रदर्शनको बेला तामाङ चलचित्रप्रति चासो राख्ने दर्शकको भिड देखिन थालेको छ।

शनिबार प्रदर्शन सम्पन्न चलचित्र‘ए ङाला ह्राङ्बा माया’ ले तामाङ भाषा र संस्कृतिलाई समेट्दै प्रेम, परिवार र सामाजिक चुनौतीहरूलाई मार्मिक र रोचक तरिकाले प्रस्तुत गर्न खोजेको प्रष्ट देखिन्छ । बिहान ८ बाजेबाट नै दुई शो सम्पन्न चलचित्रको विशेष प्रदर्शन कार्यक्रम युवा नेता आना लामाको प्रमुख आतिथ्यातामा सम्पन्न भएको हो । औपचारिक कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा तामाङ चलचित्र संघका अध्यक्ष दिपक लामाले “ए ङाला ह्राङ्बा मायाको निर्देशक तथा नायक हुत्त संजय लामा र नायिका सुनिता लुङ्बाले प्रचार प्रसारको क्रामम मिडियामा बोल्दा होस नपुर्याएको र सिंगो संस्था र अग्रजमाथि अपमान गरेको भन्दै जंगिएपछि नायिका सुनिता लुङ्बाले पनि जवाफ दिदै भने । “जुनियर कलाकार हौं बोल्दै गर्दा गल्ति कम्जोरी हुन्छ, सम्झाउने बुझाउने हो । यसरी सार्बजनिक रुपमा गालि गलौज गर्नु पनि गल्ति नै हो । अध्यक्ष ज्यु को मन्तव्य कम रिस र डहा धेरै भयो ।“ उनले जवाफ दिए । उनको यो जवाफ पनि संघका अध्यक्षको लागि निक्कै चोटिलो र घोचिलो भएको थियो । हुन पनि अतिथिहरुले स्टेज कार्यक्रममा कुन बिषयमा बोल्ने अरुलाई गालि गलौज र आक्षेप कत्ति लगाउने भन्ने बिषय आगामि कार्यक्रमहरुमा अतिथिहरुको लागि सोचनिय बिषय नै बनेको छ ।

निर्देशक हुत्त सञ्जय लामाको निर्देशनमा बनेको यो फिल्मले स्थानीय जीवनशैली र मौलिक भावनालाई पर्दामा ल्याउँदै पारिवारिक प्रेमकथालाई उजागर गरेको निर्माण पक्षले बताएको छ । चलचित्रमा हुत्त सञ्जय लामा, सुनिता लुङ्बा, तारा थोकर, हेम कुमार तितुङ, प्राज्मी बोम्जन, राजकुमार स्याङ्तान, संगीता बोम्जन, भुइशल लामा, माया देवी मोक्तान, मिलन स्याङ्तान, हिरोज लोप्चन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मुनसन सुपरस्टार मुहचभिजको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको निर्माता लोसाङ लामा र इकेश लामा रहेका छने भने निर्देशक हुत्त सञ्जय लामा, सह-निर्देशक विश्वजंग माझी, द्वन्द्व निर्देशक राजु दोङ तामाङको रहेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्