ब्रेकिङ समाचारनगर प्रहरी प्रमुख राजुनाथ पाण्डे जिम्मेवारीमा फर्के

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे जिम्मेवारीमा फर्के

काठमाडौं । आफुलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे कार्यालय पुगेको छ । बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि पाण्डे बिहीबार महानगर प्रहरी बलको कार्यालय पुगेर काम सुरु गर्नुभएको हो । उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो । त्यही आदेशको आधारमा महानगरका नगर प्रहरी प्रमुख पाण्डे आफ्नो जिम्मेवारीमा फर्केका हुन् । गुरागाई‌ले उनलाई ६ महिनाका लागि निलम्बन गरी जाँचबुझ समिति गठन गर्ने निर्णय गरेका थिए। जाँचबुझको काम अघि बढाउन निलम्बन गर्नुपर्ने अवस्था नदेखिएको उच्च अदालतको आदेशमा उल्लेख छ।

बालेनको आदेशमा आफूलाई कार्यालय प्रवेशमा रोक लगाएपछि प्रशासकीय अधिकृत गुरागाईंले उनलाई निलम्बन गरेका थिए।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्