19.1 C
Kathmandu

कला/ साहित्य६ बर्ष पछि महानायक अमिर दोङको नयाँ लुक्स् र नयाँ गेटअपमा ङिङ्जे...

६ बर्ष पछि महानायक अमिर दोङको नयाँ लुक्स् र नयाँ गेटअपमा ङिङ्जे भोली प्रदर्शन हुने

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल युट्युव, फेसबुक, इन्स्ट्रग्राम, टिकटक लगायतमा व्यापक चर्चामा रहेको तामाङ कथानक चलचित्र ङिङ्जे भोली अर्थात असोज १ गते राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन हुने भएको छ ।

तामाङ सुपर स्टार डम्फु मिडियाको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्र पछिल्ला समय निक्कै चर्चामा रहेको देखिन्छ । तामाङ चलचित्र जगतका महानायकको रुपमा चिनिएका अमिर दोङको करिब ६ बर्षको ग्याप पछि यो बर्ष उनको नयाँ गेटअप र नयाँ लुक्स्मा देख्न सकिनेछ । यसो त यो चलचित्र मेकिङको हिसावले पनि ६ बर्ष पार गरिसकेको छ । उक्त चलचित्रका नायक तथा निर्देशकद्धय अमिर दोङका अनुसार यो चलचित्रमा उनको पहिले पहिले का पुराना चलचित्रमा देखिएको पुरानै रुप र अहिलेको नयाँ अवतारको रुपमा नयाँ नै गेटअप र लुक्स्मा देख्न पाउनेछ । यसो त यस अघि सार्वजनिक गरिएको उक्त चलचित्रको ट्रेलर र गीतमा नै उनको नयाँ गेटअपको दृश्य सार्वजनिक भैसकेको छ ।

निक्कै लामो समयको ग्याप र निक्कै दुःखको साथ यो चलचित्र आम दर्शकको लागी ल्याएको छ । आम दर्शकले माया गर्नुहुनेछ भन्ने कुरामा दोङ ढुक्क रहेको बताउँछन् । ह्याङ तामाङ घि तादोला भन्दै सामाजिक सञ्जामा स्टाटस पोस्ट गर्ने दोङले यो चलचित्रमा पनि यहि डाइलग बोलेको देखिन्छ । केही हद सम्म तामाङ संस्कार संस्कृतिलाई समेत समेटेको यो चलचित्र एक सामाजिक तथा पारिवारिक कथा वस्तुमा आधारित चलचित्र रहेको महानायक अमिर दोङले बताए ।

उनले भोली १ दिन हाम्रो तामाङ चलचित्रको लागि थोरै समय छुट्याएर राष्ट्रिय नाचघर जमल सम्म आउनका लागी सबैलाई निमन्त्रणा समेत गरेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्