30.1 C
Kathmandu

कला/ साहित्यनेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिशाल काल्तान

नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिशाल काल्तान

काठमाडौं । नेपाल तामाङ कलाकार संघको १६ औं बार्षिक साधारणसभा तथा आठौं अधिबेशनबाट नयाँ नेत्रित्व चयन भएको छ ।
शनिबार बौद्ध स्थित एक होटलमा सम्पन्न अधिबेशनबाट संघले नयाँँ नेत्रित्व पाएको हो ।

बागमती प्रदेश सरकारको खानेपानी उर्जा तथा सिंचाई मन्त्री माननिय तिर्थ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविण बल, अन्तराष्ट्रिय तामाङ परिषदका महासचिव टासि लामा लगायतका अतिथिहरु रहेका थिए । शनिबार सम्पन्न आठौं अधिवेशनबाट काल्तानको नेत्रित्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

शनिबार सम्पन्न अधिबेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा‚ उपाध्यक्षमा सुवास मोक्तान‚ महासचिवमा खेम मोक्तान‚ सचिवमा निर्मला घिसिङ र कोषाध्यक्षमा योगेश लामा निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरि सदस्यहरूमा बुद्ध लामा‚ रेश्मा बोम्जन‚ जितु लोप्चन‚ आस्मान लोप्चन‚ जीवन बोम्जन‚ लक्ष्मी स्याङ्तान‚ अन्जु थोकर‚ मीन योन्जन‚ बसन्ती लामा‚ अनिता गोले‚ सुमिना लो‚ मिलन थिङ ‘पराङ’‚ प्रदीप लामा र स्मारिका थिङ तामाङ सर्वसहमत ढंगले चयन भएका छन् ।

यस अघि गायक तथा संगीतकार विश्व दोङले नेत्रित्व गरेको कलाकार संघले यो पटक नयाँ नेत्रित्व चयन गरेसंगै संघले तय गरिएको नीति तथा कार्क्रम सहित प्रस्तुत गरेको प्रतिवेदनहरु सर्वसहमत रुपमा पास गरेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्