कला/ साहित्यविभिन्न १८ बिधामा सम्मान गर्दै २८ औं तामाङ चलचित्र प्रदर्शन दिवस तथा...

विभिन्न १८ बिधामा सम्मान गर्दै २८ औं तामाङ चलचित्र प्रदर्शन दिवस तथा TFR सम्मान कार्यक्रम सम्पन्न

काठमाडौ । बि.सं २०५२ साल असोज १६ गते अर्थात नेपालको इतिहासमै पहिलो पटक तामाङ चलचित्र प्रदर्शन भएको मितिलाई स्मरण गर्दै २८ औं तामाङ चलचित्र प्रदर्शन दिवस भव्यताका साथ मनाएको छ । 

तामाङ चलचित्र संघ नेपालको आयोजना तथा सुनकोशी गाउॅंपालिकाको सह-आयोजनामा शनिबार काठमाडौ स्थित राष्ट्रिय पर्यटन विकास बोर्डको सभाहलमा २८ औं  तामाङ चलचित्र प्रदर्शन दिवस तथा T.F.R सम्मान कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई रहेका थिए भने अतिथिहरुमा आदिवासि चलचित्र महासंघका अध्यक्ष पूर्खाजित राई, सुनकोशी गाउॅंपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना, तामाङ कलाकार संघका पूर्व अध्यक्ष जेनिस लामा र प्रकाश ब्लोन लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु रहेका थिए ।

गत बर्ष सम्पन्न कार्यक्रममा भएको त्रुटि र कमिकम्जोरिहरुलाई समेत पुर्ण रुपमा सुधार गर्दै यो बर्ष भने कार्यक्रम भव्य रुपमा सफल पारेका थिए । गत साल जुन बिषयलाई लिएर कन्ट्रोभर्सि निस्किएको थियो त्यहि बिषय अर्थात श्रद्धाञ्जली अर्पण कार्यक्रम भने औपचारिक कार्यक्रमको पहिलो चरणमै राखेका थिए । यस पटकको कार्यक्रममा पहिलो तामाङ चलचित्र सेमरी छोर्ङानका निर्माता तथा निर्देशक स्वर्गीय जयनन्द लामा र दोस्रो तामाङ चलचित्र निर्देशक स्वर्गीय दिपेन्द्र दोङलाई श्रद्धाञ्जली अर्पण गरेपछि मात्रै कार्यक्रमले औपचारिकता पाएको थियो । 

२८ औं तामाङ चलचित्र प्रदर्शन दिवस तथा टि एफ आर सम्मान कार्यक्रममा चलचित्रका भिभिन्न बिधाका साथै पत्रकार समेत गरि यस बर्ष १८ विधामा सम्मान गरिएका थिए। सम्मानित हुनेहरुमा युट्युवमा पहिलो पटक ट्रेन्डिङमा पर्न सफल तामाङ चलचित्र दोर्जे डन ब्याक अगेनका निर्माता भगवती मोक्तानलाई फिल्म अफ द यर, चलचित्र कथा लेखनमा सिंह बहादुर तामाङ, निर्देशकमा डिवि दोङ, लाईफ टाईम अचिभमेन्ट रञ्जिता ब्लोन, खलनायकमा कुईसाङ रुम्बा, नायकमा सागर घिसिङ, नायिका रुपा एस घले, संगितकार निमा दोङ, नृत्य निर्देशक निमा लामा तामाङ, पत्रकार सुदिन लामा दोङ, गायक प्रकाश तितुङ, गायिका सुमिना लो, छायाकार अविशेक माझी, तामाङ हास्य कलाकार गोकुल तामाङ, सम्पादक विश्वास भण्डारी, मेम्बर अफ दि इयर जोगलाल लामा, निर्माता कान्छा लामा र म्हर्मेन घले हास्य कलाकार म्हेन्दो माया लाई संघले सम्मान गरेका थिए।

तोकिएको समय भन्दा केहि समय ढिला शुरु भएको उक्त कार्यक्रममा यस पटक भने लामो भाषणका कार्यक्रमहरु थिएन । सिमित वक्ताहरुको छोटो मन्तव्यको कारण यो बर्षको कार्यक्रम तामाङ मौलिक नाचहरु स्याब्रु नाच, न्हेन्दोयाया नाच, मौलिक डम्फुरे गीत र नाचको साथै दर्जनौ कलाकारहरुले सांगीतिक प्रस्तुतिहरु राखेर भरपुर मनोरन्जन दिएका थिए । भाषण कार्यक्रम तुलनात्मक हिसावले निक्कै कम भएको कारण सहभागीहरु सांझपख सम्म रहेका थिए ।

संघका अध्यक्ष कुमार मोक्तानको अनुसार गत बर्षहरुमा भन्दा फरक तवरले यो बर्षको कार्यक्रम सम्पन्न भएको छ । गत बर्षहरुमा थोरै बिधामा मात्र सिमित व्यक्तिलाई सम्मान गर्दै आएकोमा यो बर्ष भने चलचित्रको क्षेत्राधिकार र कार्यक्षेत्र अनुरुप भुगोलको हिसाबले पनि सम्मानको बिधा फराकिलो बनाएको उनले बताए । एउटा तामाङ चलचित्र पुर्ण रुपमा निर्माण हुन भुमिका खेल्ने हर पक्षका व्यक्तिलाई सम्मान गर्ने योजना रहे पनि अझ केही बिधा छुटेका छन, तिनलाई पनि आगामि बर्षहरुमा समेटेर लाने अध्यक्ष मोक्तानले बताए ।

तामाङ चलचित्र संघको अध्यक्ष कुमार मोक्तानको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम संघका महासचिव सुनिता लुङबाले सञ्चालन गरेकी थिए।

भिडियो हेर्नुहोस…

प्रतिक्रिया दिनुहोस..

असोज १ गते राष्ट्रिय नाचघर जमलमा बिशेष प्रदर्शनको तयारी…

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्