17.1 C
Kathmandu

कला/ साहित्यअबिशेक तामाङको ''पोङ्दि नाम्साला साइली'' छायांकन सम्पन्न, भोली शनिबार सार्बजनिक गर्ने तयारी

अबिशेक तामाङको ”पोङ्दि नाम्साला साइली” छायांकन सम्पन्न, भोली शनिबार सार्बजनिक गर्ने तयारी

काठमाडौ । गायक तथा संगीतकार अबिशेक तामाङको तामाङ ठट्यौली दोहोरी गीत ”पोङ्दि नाम्साला साइली’‘को छायांकन सम्पन्न भएको छ । भक्तपुरको पलाँसे स्थित केही दिन अघि छायांकन सम्पन्न भएको उक्त गीतको भिडियो हाल धमाधम सम्पादन र पोस्ट प्रोडक्शनको काम भैरहेको गायकद्धय तामाङले जानकारी दिएको हो ।

ङेमा दोङको शब्द रचना रहेको उक्त गीतमा संगीत भने पवन लामाको रहेको छ । नेपाली गीतसंगीतको बजारमा समेत उत्तिकै चर्चा कमाउन सफल गायक अबिशेक तामाङ र पछिल्ला समय एक पछि अर्को हिट गीत गाउन सफल चर्चित गायीका सुमिना लो को आवाज रहेको उक्त गीत बिलकुल रोमाञ्चक र ठट्यौली पाराको रहेको छ । केही दिन अघि मात्रै छायांकन सम्पन्न उक्त गीतको भिडियोमा भने नायक सागर घिसिङ र लाक्पा तामाङको साथमा नव मोडल रेजीना योञ्जनको नृत्य तथा अभिनय हेर्न पाउनेछ । आफैमा एक कुशल मोडल तथा निर्देकको रुपमा तामाङ गीतसंगीतको म्युजिक भिडियोहरुमा देखिएका प्रतिक ङेसुरको निर्देशनमा बनेको उक्त गीतको भिडियो भोली शनिबार गायकद्धय अबिशेक तामाङको आफ्नै अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गर्ने तयारी रहेको भिडियो निर्माण पक्षले नमोबुद्ध न्यूजलाई जानकारी दिएको छ ।

नयाँ तथा पुराना थुप्रै मोडलहरु तामाङ गीतको म्युजिक भिडियोहरुमा देखिएको र केही पलायन पनि भैरहेको यो अवस्थामा भिडियो निर्माता तथा गायक अबिशेक तामाङले यो पटक एकदमै नयाँ फ्रेस मोडलको रुपमा रेजीना योञ्जनलाई ईन्ट्रि दिएको छ । यसै गरि २ दर्जन भन्दा बढि म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका मोडल लाक्पा तामाङको साथमा नायक सागर घिसिङलाई उभ्याएको छ । प्रायजसो दर्शकहरुले नाच्न नसक्ने र नजान्ने नायकको रुपमा चिनिएको घिसिङलाई भने यस पटक निर्देशकद्धय प्रतिक ङेसुरले धुलो चटाउने गरि नचाएको दृश्य हामीले छायांकनको क्रममा देखेका थियौं । यसर्थ नायक घिसिङलाई नाच्न नजान्ने भन्नेहरुका लागी भने नाच्न सक्नेरहेछ भनेर यो भिडियोले प्रमाणित गर्नेछ भन्ने कुरामा दुई मत नै छैन ।

यस अघि नेपाली गीतको भिडियोमा समेत दर्शकदिर्घले रुचाएका मोडल लाक्पा तामाङलाई यो गीतको अभिनयपश्चात दर्शकको माया थप पाउने कुरामा उनी ढुक्क रहेको देखिन्छ । नव मोडल रेजीना योञ्जनले भने मोडलिङ क्षेत्रमा पहिलो इन्ट्री रहेको हुंदा दर्शकको प्रतिकृया अनुसार नै अगाडि बढ्ने कुरा बताएकी छिन् । गायकद्धय अबिशेक तामाङले भने समय र दर्शकको माग अनुसारको शब्द संगीतमा आफुले सक्दो राम्रो दिने कोशिस गरेको हुंदा यस अघिका गीतहरुमा झै दर्शको माया पाउने अपेक्षा गरेका छन् । त्यसै गरि निर्देशकको भुमिकामा रहेको प्रतिक ङेसुरले भने यो गीतको ट्युनिङ र मेलोडिहरुको मर्मअनुसार नै अभिनय गर्नेहरुको गेटअप र डान्स पुर्ण रुपमा मोडनाईज गरेर दर्शकहरुलाई फरक स्वाद चखाउने जमर्को गरेको बताएका छन् । नयाकद्धय सागर घिसिङले भने जीवनकै पहिलो पाटक १२ बर्ष अघि थोरै नाच्ने जमर्को गरेको भए पनि यस पटक निक्कै मिहनतका साथ काम गरेको र नाच्न नजान्ने भन्ने दर्शकका लागी नाचेर देखाएको छु तसतर्थ फरक गेटअप र नृत्य सहितको अभिनयलाई दर्शकको थप माया पाउने अपेक्षा गरेको देखिन्छ ।

शुटिङ रिपोर्ट हेर्नुहोस…..

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्