26.1 C
Kathmandu

समाचारबुद्धचित्त माला व्यवसायीहरुले गरे आफ्नो हक हितका लागि बुद्धचित्त महासंघ गठन

बुद्धचित्त माला व्यवसायीहरुले गरे आफ्नो हक हितका लागि बुद्धचित्त महासंघ गठन

काठमाडौं । विभिन्न पेशा तथा व्यबसायमा आवद्ध व्यक्तिहरुले आफु सन्लग्न पेशा तथा व्यबसायको हक हित र अधिकार सुनिश्चितताका लागी संगठन निर्माण गर्ने प्रचलन पछिल्ला समय  ह्वात्तै बडिरहेको छ ।  संगठन भन्ने बित्तिकै निती, बिधान सहितको फराकिला उदेश्यहरु समेत समेटिएर सो उदेश्य प्राप्तिका लागि निस्चित कार्यहरु उल्लेख गरिएका हुन्छन ।  त्यस्तै बहुमुल्य फल तथा बहुचर्चित बुद्धचित्त माला व्यवसायीहरुले पनि आफ्नो हक हितका लागि संगठन निर्माण गरेका छन्  । काठमाडौंमा बसेको एक भेलाले उनिहरुले बुद्धचित्त महासंघ गठन गरेको हो ।

दुर्गालाल तामाङ (प्रभात) को अध्यक्षतामा १९ जना कार्यसमितिमा रहने गरी महासंघ गठन गरेको हो । जसमा महासचिव टिकालाल तामाङ छन् भने उपाध्यक्षमा बिल बहादुर तामाङ, सचिवमा डेनो थिङ, कोषाध्यक्षमा इश्वरी कुमारी लामा चयन गरेका छन् ।

सदस्यहरुमा अमर लामा, विजय लामा सोवित सिं स्याङतान, शुसिल वाइबा, टिना योञ्जन लामा, रोज बहादुर तामाङ, जीतपुर तामाङ, कुमार तामाङ, शिवराज तामाङ, हेमा श्रेष्ठ, नारायण तामाङ, देव सिं लामा, मेकध्वज मोक्तान  रहेका छन् ।

बुद्धिचित्त एक जिजिपस जातीमा पर्ने नयाँ प्रजातिका बुद्धेन्सिस हो । यसलाई स्थानीय भाषामा बुद्धचित्त वा वोधिचित्त पनि भनिन्छ । यो माला विशेषगरी बुद्ध धर्मालम्बि, तामाङ समुदाय र विशेषगरी तिब्बती र चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप माला हो ।

नेपालको काभ्रे, सिन्धुपाल्चोक, रामेछाप,सिन्धुली लगायत सिमित जिल्लामा मात्रै राम्रो खेती हुने यो माला चिन, ताइवान, कोरिया, सिंगापुर आदि देशमा निर्यात हुने गर्छन् । यस मालाको गुणस्तर अनुसार निक्कै राम्रो आम्दानी हुने भएकोले स्थानीय सरकारले आ-आफ्नो कार्यविधि नै बनाएर बिक्रीवितरण गर्ने गरेका छन् ।

बहुमुल्य माला भएको कारण यसअघि विभिन्न लुटपाट तथा  हिंसक घट्न घटेकाले माला टिप्ने समयभएपछि तेमाल र रोशी लगायतका ठाउहरुमा स्थानीय सरकार र व्यवसायीहरुले सुरक्षाका लागि प्रहरी नै परिचालन गर्नुपर्ने परिस्थिति सिर्जना हुने गरेको पाइन्छ । 

महासंघमा काभ्रे,रामेछाप,मकवानपुर, काठमाडौं र धादिङ जिल्लाका व्यवसायीहरु आबद्ध भएको महासचिव टिकालाल तामाङले उज्यालो नेटवर्कलाई जानकारी गराए । साथै उनले पछिल्लो चरण बुद्धचित्त माला व्यवसायीमा सहज ढंगले व्यापार गर्न समेत नसक्ने परिस्थिति सिर्जना हुदै गएकाले व्यवसायीहरु एकताबद्ध हुनुपरेको बताए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्