24.1 C
Kathmandu

कला/ साहित्य'कर्म छोरीको' नामक टेली सिरियलको ५० औँ अंकमा कलाकार सम्मान कार्यक्रमको आयोजना

‘कर्म छोरीको’ नामक टेली सिरियलको ५० औँ अंकमा कलाकार सम्मान कार्यक्रमको आयोजना

काठमाडौं टुङ्ना अफिसियल टि.भि.को प्रस्तुती टेली सिरियल ‘कर्म छोरीको’ ५० औँ अंकमा पुगेको अवसरमा कलाकार सम्मान कार्यक्रमको आयोजना गरिने भएको छ ।

साप्ताहिक रुपमा टुङ्ना अफिसियल टि.भि मार्फत प्रसारण गरिने उक्त टेली सिरियल सामाजिक कथामा आधारित टेली सिरियल हो । समाजमा घटेका घटनाहरुलाई मध्यनजर राखेर त्यस्तै खालका बिषयबस्तुहरुलाई कथामा ढालेर सिरियलको रुपमा उतार्दे आएको छ कर्म छोरी मा । उक्त टेली सिरियलका निर्माता निर्देशक तथा कलाकार सञ्च कुमारी तामाङ (शर्मिला) रहेको छ । कथाबस्तुअनुसार अन्य थुप्रै कलाकारहरुले समेत उक्त टेली सिरियलमा अभिनय गर्दै आएका छन् ।

उक्त टेली सिरियल ५० औँ भागमा पुगेको अवसरमा यहि पौष ३० गते शनिबार कार्यक्रमको आयोजना गरि विभिन्न कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको कार्यक्रमका संयोजक विनायक तामाङले नमोबुद्ध न्यूजलाई जानकारी दिएका हुन् । कार्यक्रम काठमाडौं चावहिल स्थित चलचित्र विकास बोर्डको हलमा दिउँसो ठिक १२ बजे हुने समेत तामाङले बताए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्