19.1 C
Kathmandu

कला/ साहित्य‘अल्लारे सोझो म्ही’ भिडियो सहित सार्वजनिक, नायक कुमार मोक्तानको दमदार डान्स !

‘अल्लारे सोझो म्ही’ भिडियो सहित सार्वजनिक, नायक कुमार मोक्तानको दमदार डान्स !

काठमाडौ-गीत सङ्गीतको बजारमा शुक्रबार  एउटा नयाँ तामाङ गीत भिडियो सहित सार्वजनिक भएको छ । ओ.एस.आर.डिजिटल मार्फत सार्वजनिक गरिएको ‘अल्लारे सोझो म्ही’ लर्ड बुद्ध इन्टरनेशनल कन्सट्रक्सनको प्रस्तुतिमा निर्माण गरिएको हो ।  

तामाङ चलचित्र संघका अध्यक्ष समेत रहेको नायक कुमार मोक्तान यो गीतको भिडियोमा भने फरक रुपमा प्रस्तुत भएको देखिन्छ । उपत्यकामा बदम ब्यापार गर्ने ब्यापारिको रुपमा भिडियोको सुरुवातमै नायक मोक्तानलाई देख्न सकिन्छ । भिडियोको सुरुवाती भाग र अन्तमा प्रस्तुत गरिएको दृश्य र सम्वादले दर्शकदिर्घलाई थप रोमान्चक बनाउने जमर्को गरिएको छ । नायकद्वय कुमार मोक्तनलाई तामाङ नायकहरु भित्र एक अब्बल नायकको रुपमा चिने पनी डान्समा भने खासै राम्रो पक्ष नरहेको भनी कम्जोरी औँल्याउनेहरुका लागी भने यो भिडियो उदाहरण साबित भएको छ । यद्यपी मोक्तानले यस अघि पनि थुप्रै डान्सिङ गीतहरुमा आफ्नो डान्स प्रस्तुत गरिसकेका छन । तर अन्य भिडियोहरुको तुलनामा ‘अल्लारे सोझो म्ही’ मा गरेको डान्समा निक्कै स्तरियता र निखारियता देखिन्छ । 

अजय स्याङ्तान्को निर्देशनमा बनेको उक्त भिडियोमा कोरियोग्राफर भने नरेन मोक्तान रहेको छ ।  भिडियोको मुख्य भूमिकामा नायक कुमार मोक्तान र रोहनी लामा रहेको छ ।

गीतको अडियो तर्फ प्रतिक मोक्तानको शब्दमा जोगलाल लामाको संगीत रहेको छ । गीतमा आवाज भने प्रकाश लामा र बिना घलेको रहेको छ । गायकद्वय प्रकाश लामाको आवाजमा यस अघि सार्वजनिक गरिएको तामाङ प्रेम गीत ‘सुटुक्क’ सेलो दोहोरी ‘चम चम २ ‘ लगायतका गीतहरु दर्शकले रुचाएका गीत हुन भने लामाले तामाङ र्याप गीतमा समेत मेलोडी गाएका छन । 

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्