24.1 C
Kathmandu

कला/ साहित्यविशाल काल्तानको "नाचौ ढल्केर" गीतले सामाजिक सन्जालमा चर्चा बटुल्दै

विशाल काल्तानको “नाचौ ढल्केर” गीतले सामाजिक सन्जालमा चर्चा बटुल्दै

Maya Thokar

काठमाडौ । विशाल काल्तानको तामाङ सेलो गीत “नाचौ ढल्केर” गीत सार्वजनिक भएको छ । उक्त गीत आफ्नै विशाल काल्तान युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

यस गीतमा सरिता वाइबाको शब्द रचना रहेको छ भने विशाल काल्तान आफैले सङ्गीत भरेका छन् । गीतको एरेन्ज चन्द सिंह र मिक्सिङ दिपेश प्रधानले गरेका छन् ।

“टुङनाको धुन झैँ सुरिलो मिठो माया दिउला मैच्याङलाई 

धनले होइन मनले मैच्याङ राखौला सुखमा त्यो ज्यानलाई

हुन्छ कि हुन्न माया बुन्न, हुन्न भने लौ छुदै छुन्न” 

यसरी मैच्याङलाई गीत मार्फत च्याङ्बाले प्रस्ताव राखी सङ्गै नाचौ ढल्केर भनी गीतलाई काल्तनले सुरिलो सेलो भाकामा प्रस्तुत गरेका छन् ।

यस गीतको भिडियोलाई सुर्य लामाले छायाकन र सम्पादन गरेका छन् ।

गीतलाई सेलो प्रेमीहरुले थोरै समयमा नै निकै रुचाउन सुरु गरेका छन् । टिकटक लगायत सामाजिक संजालहरुमा चर्चा लिन सफल भएको पाइन्छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्