30.1 C
Kathmandu

कला/ साहित्य'प्रेमगीत ३' को हिन्दी संस्करणलाई मन्त्रालयले दियो नेपाली फिल्मको मान्यता

‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई मन्त्रालयले दियो नेपाली फिल्मको मान्यता

काठमाडौं । पछिल्ला समय निक्कै चर्चामा रहेको र प्रदर्शनको विवाद समेत रहेको चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाली फिल्म सरह मान्यता दिएको छ । चलचित्र विकास बोर्डले उक्त चलचित्रको हिन्दी संस्करणलाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेको थियो ।

मन्त्रालयको अनुसार नेपाली कम्पनीले निर्माण गरेको प्रेमगीतमा नेपाली कलाकार र नेपाली प्राविधिकले काम गरेकाले विदेशी फिल्म भन्ने आधार देखेन । तसर्थ मन्त्रालय नेपाली फिल्म नै भन्ने निष्कर्षमा पुगेको हो । मन्त्रालयले ‘प्रेमगीत ३’ को हिन्दी संसकरणलाई नेपाली चलचित्रको मान्यता दिने निर्णय गरेसंगै नेपाली चलचित्र सरह सेवासुविधा र प्रदर्शनको मौका पाएको छ । साथै १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।

मन्त्रालयका प्रवक्ताले बताए अनुसार सेन्सर विवाद र घटनाक्रमबारे अध्यक्ष केसीसँग सोधपुछ गरेको र अन्तमा भुवन केसी कन्भिन्स भए अनुसार अब उक्त चलचित्र प्रदर्शन हुनेछ ।

बोर्डले विदेशी फिल्म करार गरेपछि वितरकले मन्त्रालयमा निवेदन दिएका थिए । यो निवेदन लगत्तै मन्त्रालयले बोर्ड अध्यक्ष केसीलाई छलफलमा बोलाएको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्