18.1 C
Kathmandu

कला/ साहित्यअल्पायुमै अस्ताए गायक तथा सञ्चारकर्मी संजीव स्याङतान

अल्पायुमै अस्ताए गायक तथा सञ्चारकर्मी संजीव स्याङतान

काठमाडौं । गायक तथा सञ्चारकर्मी संजीव स्याङतानको अल्पायुमै निधन भएको छ । तामाङ गीत संगीत र सञ्चारको माध्यमबाट तामाङ मौलिक गीत संगीतको संरक्षण र संवद्र्धनमा निरन्तर लागि परेका गायक तथा सञ्चारकर्मी संजीव स्याङतानको ४३ बर्षको अल्पायुमै निधन भएको खबरले सिंगो तामाङ समुदायलाई स्तब्ध तुल्याएको छ ।

समय अति बलवान अनि निष्ठुरी हुन्छ भन्थे, आयो टप्प टिप्यो लग्यो टरेर टर्दैन भन्ने वाक्यांशले आज सिंगो तामाङ समुदायको गीतसंगीत र सञ्चार जगतलाई एक पटक दुःखद तवरले छुवाएको छ । काभ्रेको तेमाल गाउंपालिका डा नं.९ मा २०३६ जेठ १६ गते जन्मेका संजीव स्याङतानको आज सोमबार असमायिक निधन भएको हो । मृतक संजीव स्याङ्तान लामो समय देखी तामाङ गीत संगीत क्षेत्रमा लाग्दै आएका थिए । उनले रेडियो जनसंचार एफ.एम.१०७.९ मेगाहर्जमा तामाङ भाषाको कार्यक्रम छार म्हेन्दो र सेलो संगीत कार्यक्रम मार्फत तामाङ गीत संगीतलाई प्रवद्र्धन गर्दै आएका थिए ।

पार्थिव शरीरलाई लामा गुरुहरुले बौद्ध धर्म अनुसार तामाङहरुको रितिरिवाज अनुरुप अन्तिम दाहसंस्कारका लागी स्वयम्भु लगिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्