24.1 C
Kathmandu

कला/ साहित्यरिसाएकी एलिना रायमाझीलाई मुस्ताङ लगेर फकाए लाक्पा लामाले

रिसाएकी एलिना रायमाझीलाई मुस्ताङ लगेर फकाए लाक्पा लामाले

काठमाडौ । नेपाली गीत संगीतको बजारमा शुक्रबार एक कार्यक्रमका विच फकाउदनी रिसाउने बोलको गीतको भिडियो सार्वजिन भएको छ । शनिबार भक्तपुर स्थित एक पार्टी प्यालेसमा विविध सांस्कृतिक कार्यक्रमका विच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

कालिका लामाको प्रस्तुति रहेको उक्त गीतमा ज्ञानदास तामाङको शब्द रहेको छ । संगीत वरिष्ठ गायक चन्द्रकुमार दोङको रहेको छ भने चर्चित गायक सुरेस लामा र गायिका दिपा लामाको आवाज रहेको छ ।

भिडियो तर्फ भने अजय स्याङतानको निर्देशनमा लाक्पा लामा र एलिना रायमाझीको अभिनय देख्न सकिनेछ । विक्रम मोक्तानले छायांकन गरिएको यस गीतमा जोमसुम, मुस्ताङ लगायतका मनमोहक दृश्यका साथ लाक्पा लामा र एलिना रायमाझीको लोभलाग्दो अभिनय कैद गरिएको छ । भिडियोमा ड्रोन दृश्य छायांकन विशाल सापकोटाको रहेको छ। भिडियोको सम्पादन अजय स्याङतानले गरेको ह‍ो भने रंग सम्पादन राजेन्द्र मोक्तानको रहेकोछ ।

शब्द, संगीत देखी गायन पक्ष सम्म बलियो रहेको यस गीतको भिडियो पक्ष भने झनै बलियो देखिन्छ । धेरै राम्रा गीतको भिडियोहरुमा निर्देशन गरिसकेका अजय स्याङताले यो पटक हदै सम्म मिहनतका साथ आफ्नो सिप प्रयोग गर्दै लाक्पा लामा र एलिना रायमाझीको अभिनयमा निखार्ता ल्याउन सफल भएको छ ।

भिडियो हेर्नुहोस….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्