रुबिभ्याली म्हेन्दोमाया कलाकार संघको आयोजनामा शनिबार  हुने सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा 

काठमाडौं । म्हेन्दोमाया कलाकार संघ  नेपाल रुबिभ्याली पालिका कार्यसमितिले  विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । 

शनिबार काठमाडौ स्थित माछापोखरी चोक र सुकुम्बासी गुम्बाको बिच स्थानमा अवस्थित नागार्जुन पार्टी प्यालेसमा हुने उक्त कार्यक्रमको तयारी अन्तिम चराणमा पुगेको आयोजकले जानकारी  दिएको छ । कार्यक्रम बिहान ठीक ११ बजे बाट सुरु हुने हुँदा  म्हेन्दोमाया प्रेमी महानुभावहरु लगायत सम्पूर्णलाई कार्यक्रममा उपस्थितिका लागि समेत रुबिभ्याली म्हेन्दोमाया कलाकार संघले निमन्त्रणा गरेका छन ।

कार्यक्रममा म्हेन्दोमाया रसुवा, धादिङ, नुवाकोट र सम्पूर्ण म्हेन्दोमाया क्षेत्रका कलाकारहरूको बेजोड प्रस्तुतिका साथै सम्मान कार्यक्रम पनि रहेको छ ।

तामाङ पहिचानको जगेर्ना, म्हेन्दोमायाको संरक्षणको निमित्त गर्ने भनिएको यस कार्यक्रममा रुबिभ्याली गाउँपालिका प्रमुख रामसिङ तामाङको प्रमुख अतिथित्व र बिशेष अतिथि रुबिभ्याली गाउँपालिका उपप्रमुख फेलामा तामाङको उपस्थितिमा गर्ने भएको छ ।

काठमाडौंमा बसोबास गर्नु हुने सम्पूर्ण रुबिभ्याली गाउँपालिकाका म्हेन्दोमाया कलाकारहरुको एकवद्धता, म्हेन्दोमायाको गीत सङ्गीतको बिकासको निमित्त यस संस्थाले बिगत केही समय अघिदेखी शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरिदै आएका थिए र आउदो असोज १ गते पनि वसन्तनगरमा अवस्थित नागार्जुन पार्टी प्यालेसमा गरिने भएको छ ।

News writer: Maya Thokar Tamang

Chhedup Tamang