19.1 C
Kathmandu

कला/ साहित्यताम्सालिङको पहिचान उठान गरिएको चलचित्र ‘अभियान’असोज १० गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन...

ताम्सालिङको पहिचान उठान गरिएको चलचित्र ‘अभियान’असोज १० गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुँदै 

काठमाडौं । तामाङ समुदाय र सिङ्गो ताम्सालिङ भुमीको  मुद्ध बोकेको नेपाली चलचित्र अभियान यही असोज १० गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन गर्ने तयारी रहेको छ । अभियान स्वर्गीय जयनन्द लामाले अभिनय गर्नु भएको अन्तिम नेपाली भाषाको चलचित्र रहेको छ । 

कोशी भिजन फिल्मसको ब्यानरमा निर्मित यो चलचित्र भाद्र २५ गते धरानको तरहारामा अवस्थित भुपु सैनिक हलमा देखाउन सफल भएपछि यस चलचित्रलाई असोज १० गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन गर्ने तयारी रहेको निर्माण टिमले जनाएको छ ।

मदन राईको “अभियान “तामाङ कथामा आधारित नेपाली फिल्मको  निर्माता मैना घिसिङ रहेको छ । चलचित्रको लेखन/ निर्देशन लाख मान योन्जन, मुख्य कलाकारहरुमा स्व : जय नन्द लामा, दावा फिन्जो तामाङ, श्याम माया गुरुङ, अमर पाख्रीन तामाङ, रश्मिला वाइबा तामाङ, दिनेश तामाङ, दिनेश कोईराला, रितेस जंग पौडेल, मदन राई लगायत थुप्रै कलाकारहरुको अभिनय रहेका छन् । राजेश लेप्चाको द्वन्द्वमा बनेको यस चलचित्र अन्य चलचित्रहरुमा भन्दा फरक दृश्यहरु देख्न पाउन पाउनेछ ।

बर्तमान अवस्थामा गोरु काटेर मासु खाएको मुद्धमा तामाङ, राइ, लिम्बु, मगर लगायत अन्य समुदायका थुप्रै मानिसहरुले मुद्ध खेपिरहेका छन । अभियान नामक चलचित्रले यो बिषयलाई समेत उठान गरिएको छ । ताम्सालिङको आवाज उठाएर अग्र स्थानमा आएका संघ संस्थाहरुले ताम्सालिङको मुद्ध बिसर्जन गरिसकेको छ ।

ताम्सालिङकै मुद्ध उठाएर तामाङ समुदायका थुप्रै विद्यार्थी, युवाहरुको हातमा बन्दुक थमाएका अहिलेको माओवादी केन्द्रले समेत अहिले ताम्सालिङको ता..समेत उच्चारण नगरेको अवस्थामा अभियान नामक चलचित्रले ताम्सालिङको मुद्धलाई समेत प्रभावकारी ढङ्गले उठाएको देखिन्छ ।

News writer: Maya Thokar Tamang


Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्