23.1 C
Kathmandu

कला/ साहित्यम्हेन्दोमाया कलाकार संघको सातौं वार्षिक साधारण सभा सम्पन्न, बन्ने भयो म्हेन्दोमाया धिम...

म्हेन्दोमाया कलाकार संघको सातौं वार्षिक साधारण सभा सम्पन्न, बन्ने भयो म्हेन्दोमाया धिम !

काठमाडौ । म्हेन्दोमाया कलाकार संघ नेपालको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौको सामाखुसी स्थित एक होटलमा सम्पन्न बार्षिक साधारण सभामा संघका महासचिव आराम्भ तामाङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष्य रुपा एस घले तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तामाङ कला, संस्कृतिको संरक्षण तथा प्रर्वद्धनको लागि म्हेन्दोमाया कलाकार संघ नेपाल भन्ने मुल नारा बोकेका म्हेन्दोमाया कलाकार संघको सातौँ वार्षिक साधारण सभा कार्यक्रमका प्रमुख अतिथि पूर्व कानुन मन्त्री दिलमान पाख्रीन रहेका थिए । उक्त कार्यक्रमका बिच महासचिव र कोषाध्यक्षले प्रस्तुत गरेका दुई वटै प्रतिवेदन सर्वसहमतिका साथ पास गरेका थिए ।

रसुवा, धादिङ, नुवाकोट लगायत पश्चिमेली तामाङ समुदायको पहिचान जोगाउनको निमित्त म्हेन्दोमाया कलाकारहरुको एकवद्धता आजको आवश्यकता भन्ने धारणा सहित म्हेन्दोमाया कलाकार संघको सातौं साधारण सभामा बिशिस्ट अतिथी पूर्वमन्त्री पर्शुराम तामाङ, बिशेष अतिथि रहेका थिए भने अतिथिहरुमा भाषाविद अजितमान तामाङ, बिग्रेन्द्र वाईबा तामाङ, नेपाल तामाङ घेदुङ म्हेन्दोमाया संरक्षक मर्नेन वाईबा, निवर्तमान अध्यक्ष राज किङ वाइबा, सुक सागर तामाङ, म्हेन्दोमाया गायक हेम वाईबा, रमला पाख्रीन लगायतका म्हेन्दोमाया कलाकारहरुका साथै म्हेन्दोमाया प्रेमीहरुको उपस्थिति रहेका थिए ।

कार्यक्रममा म्हेन्दोमाया गीत संगीतलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा योगदान दिनु हुने कलाकारहरु आजिवन सदस्य, समाजसेवी, पत्रकारहरुलाई सम्मानपत्र प्रदान गर्नुका साथै संघका कलाकारहरले आफ्नो सांगीतीक प्रस्तुतीहरु प्रस्तु गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथीले पुर्व र पश्चिमेलि तामाङ समुदायका सम्पुर्ण कलाकारहरु तामाङ पहिचानको संरक्षण, संर्वद्धन र विकासका लागि एक जुट हुनु पर्ने, म्हेन्दोमाया प्रेमीहरुले चुस्त, दुरुस्त र एक जिम्मेवारीका साथ भुमिका निभाउनु पर्ने, मूलधारका सांगीतिक क्षेत्रसङ्ग प्रतिस्पर्धामा लाग्नुपर्ने र म्हेन्दोमाया धिम (भवन) निर्माणको लागि १ लाख रकम दिने प्रतिवद्धता समेत गरेका थिए । त्यसै गरी अतिथी भाषाविद अजितमान तामाङले पनि म्हेन्दोमाया धिम (भवन) निर्माणको लागि १ लाख रकम दिने प्रतिवद्धता गरेका थिए ।

कार्यक्रमको अध्यक्षता संघकाअध्यक्ष राम गोम्जा (वाङ्चु पासाङ तामाङ) ले गरेका थिए भने सचिव आशिक गोङ्बो तामाङले कार्यक्रम संचालन गरेका थिए ।

News writer: Maya Thokar Tamang

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्