23.1 C
Kathmandu

कला/ साहित्य'हाल्छे सोजि चु माया' भाद्र २५ गते चलचित्र बिकास बोर्डमा प्रिमियर शो...

‘हाल्छे सोजि चु माया’ भाद्र २५ गते चलचित्र बिकास बोर्डमा प्रिमियर शो हुने

काठमाडौँ । केही समय यत्ता कोरोणाको कारण खुम्चिएको चलचित्र क्षेत्रको बजार तङ्ग्रिदै आएको देखिन्छ । पछिल्ला समय तामाङ चलचित्रहरु व्यावसायिक रुपमा हलको व्यवस्था नभए पनि धमाधम च्यारेटि शो हुने क्रम बढ्दै गएको छ । यसै क्रमम जिम्बा फिल्मस प्रा.लि.व्यानरमा निर्मित तामाङ भाषाको चलचित्र हाल्से सोजि चु माया भाद्र २५ गते शनिबारका दिन बिहान ११ बजे चाबहिल स्थित चलचित्र विकास बोर्डमा प्रिमियर शो हुने भएको छ।

शनिबार बौद्ध स्थित गाउंले ढिडो घरमा पत्रकार सम्मेलन मार्फत हाल्से सोजि चु मायाका निर्माण पक्षले जानकारी दिए अनुसार जिम्बा फिल्मस प्रा.लि को ११ औं प्रस्तुति रहेको यस चलचित्रको भाद्र २५ गते प्रिमियर शो सम्पन्न भए पश्चात असोज १ गते बनेपामा प्रदर्शन गरिने भएको छ । हाल सम्म तामाङ भाषाको थुप्रै चलचित्रहरुमा निर्देशन गरिसकेका निर्देशक निमा लामाद्धारा निर्देशित यस चलचत्रिमा नायक कृष्ण लामा, नायिका अबिना गोले, नव नायक अजेश लामा, नवनायिका निर्मला लामा, सुनलाल वाईबा, केबी मोक्तान, पेमा योन्जन लगायत अन्य कलाकारहरुको समेत अभिनय रहेको छ ।

निर्देशकद्धय निमा लामाकै कथा तथा पटकथा रहेको यस चलचित्रको निर्माता पेमा योन्जन हुन् भने सह निर्माता मीन कुमार वाईबा हुन्। निर्माता पेमा योञ्जनका अनुसार व्यावसायिक रुपमा पैसा कमाउने उदेश्यका लागी मात्र नभई आफ्ने समुदायका लागी केही गरौं भन्ने सोचका साथ चलचित्रमा लगानी गरेका हुन् ।

निर्देशक निमा लामाको अनुसार आफुले यस अघि गरेको अन्य १० वटा चलचित्रमा भन्द यस चलचित्रमा अलि पृथक बनाउने जमर्को गरेको हुंदा अबको तामाङ स्मार्ट रहेको र चलचित्रमा पात्रहरुलाई पनि यहि ढंगले प्रस्तुत गरेका छन् ।

चलचित्र चित्र समाबेश गरिएका गीतहरुमा भने चर्चित गायक विशाल काल्तन, सुमिना लो, सबिन मोक्तान, जितु लोप्चन, अन्जु थोकर लगायतका आवाज रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्