30.1 C
Kathmandu

कला/ साहित्य२७ औं तामाङ चलचित्र प्रदर्शन दिवसमा किन गरिएन स्व.जयनन्द लामाको सम्झना ?कारण...

२७ औं तामाङ चलचित्र प्रदर्शन दिवसमा किन गरिएन स्व.जयनन्द लामाको सम्झना ?कारण यस्तो !

काठमाडौं । ‘हाम्रो चलचित्र मौलिक चलचित्र, राष्ट्र निर्माणमा तामाङ चलचित्र’ भन्ने मूल नाराका साथ तामाङ चलचित्र संघ नेपालको आयोजनामा २७ औं तामाङ चलचित्र प्रदर्शन दिवस तथा टि.एफ्.आर सम्मान कार्यक्रम सम्पन्न भएको छ । ईतिहासकै पहिलो पटक सेम्री छोरङान नामक तामाङ चलचित्र प्रदर्शन गरेको दिन अर्थात बि.सं.२०५२ साल भाद्र १६ गतेलाई स्मरण गर्दै सिङ्गो तामाङ समुदायले तामाङ चलचित्र प्रदर्शन दिवसको रुपमा मनाउंदै आएका छन् ।

यसै क्रममा बिहीबार काठमाडौ चाबहिल स्थित चलचित्र बिकास बोर्डको सभा हलमा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा २७ औं तामाङ चलचित्र प्रदर्शन दिवस तथा टि.एफ्.आर सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता तामाङ चलचित्र संघ नेपालको केन्द्रिय अध्यक्ष कुमार मोक्तानले गरेका थिए भने बिशेष अतिथि तथा अतिथिहरुमा विभिन्न तामाङ संघ सस्थाका प्रतिनिधिहरु रहेका थिए । ईतिहासकै पहिलो पटक प्रदर्शन गरिएको उक्त तामाङ चलचित्रमा स्व.जयनन्द लामाको कथा, स्कृप्ट र निर्देशन सहित मुख्य भुमिकामा अभिनय रहेको छ । उनैले पहिलो पटक बनाएको तामाङ चलचित्र प्रदर्शन गरिएको दिनलाई सम्झना स्वरुप दिवसको रुपमा मनाएको आजको कार्यक्रममा स्व.जयनन्द लामा प्रति श्रन्दाञ्जलि तथा सम्मान नगरेको अनुभुति अधिकांस सहभागी दर्शक दिर्घले गरेका छन् । २७ औं प्रदर्शन दिवस मनाइरहदा स्व.जयनन्द लामा प्रति अपमान भएको बिषयलाई लिएर यत्ति बेला सञ्चारकर्मी तथा सामाजिक व्यक्तित्वहरुले सामाजिक सञ्जालमा टिकाटिप्पणि गरिरहेका छन् भने कत्तिपय सञ्चार गृह मार्फत सामाचारहरु समेत सम्प्रेषण गरेका छन् ।

कार्यक्रममा चर्चित गायक तथा संगीतकार रोज मोक्तानलाई जयनन्द श्री रजतपट सम्मान पत्रद्धारा सम्मान गरिएका थिए भने विभिन्न १६ वटा बिधाका व्यक्ति व्यक्तित्वहरुलाई समेत सम्मान तथा प्रशंसा
पत्र वितरण गरिएका थिए । कार्यक्रममा सहभागीहरुलाई विभिन्न सांगीतिक प्रस्तुतीहरुबाट भरपुर मनोरञ्जन दिएका थिए तर सहभागी कलाकार, पत्रकार तथा अन्य व्यक्तिहरुले भने कार्यक्रमको अन्तिम समय सम्म स्व.जयनन्द लामा प्रति श्रद्धा सुमन अथवा सम्झना स्वरुपको कार्यक्रम थोरै भए पनि जोडिन्छ कि भन्ने अपेक्षा गरिरहेका थिए । तर भएन..कत्तिपय सहभागिहरुले भने कार्यक्रम तालिकामा त्रुटि भएको र भुलबहस स्व.जयनन्द लामाको सम्झना तथा सम्मान नभएको कुरा औल्याइरहेका थिए ।

यस बिषयमा चलचित्र संघ नेपालका केन्द्रिय अध्यक्ष कुमार मोक्तानलाई हामीले प्रश्न गर्दा उहांले भन्नु भयो , ”हामीले २७ औं तामाङ चलचित्र प्रदर्शन दिवस संगै २५ औं रजत जयन्ती स्वरुप सम्मान कार्यक्रम पनि जोडिएका थियौं । कोभिडका कारण हामीले दुई बर्ष सम्म रजत जयन्ती र प्रदर्शन दिवस मनाउन पाएका छैनौं । तसर्थ २७ औं तामाङ चलचित्र प्रदर्शन दिवसको उपलक्ष्यमा पहिलो तामाङ चलचित्रमा अभिनय गरेको रोज मोक्तानलाई २५ औं जयनन्द श्री रजतपत्र मार्फत सम्मान गर्नु परेको र २५ औं रजत जयन्ती सम्ममा जयनन्द लामाको स्वर्गबास भएको थिएन । तसर्थ हामीले अभिन्नदन, माल्यर्पण तथा श्रद्धाञ्जली कार्यक्रमलाई जोडेनौं । यो कुनै त्रुटी अथवा भुलबहस भएको भने होइन । तर हामी ईतिहास देखि कहिल्यै टाढा भाग्न सक्दैनौं । स्व.जयनन्द लामा हाम्रो ईतिहांस हो । उहां प्रति हामीले समय समयमा श्रद्धाञ्जली कार्यक्रमहरु राखेका छौं र राख्दै जानेछौं । हामीले आदरणीय व्यक्तित्व स्व. जयनन्द लामाको अपमान गरेका छैनौं र गर्न पनि सक्दैनौं । उहां प्रति हार्दिक श्रद्धा सुमन व्यक्ति गर्न चहान्छौं ।”

कार्यक्रमको पुर्ण समिक्षा सहित हामीले पुःन यस विषयमा समाचार संकलन गर्ने छौं । बांकी अर्को भागमा……

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्