17.1 C
Kathmandu

कला/ साहित्यकतारमा सफलतापुर्वक प्रदर्शन पश्चात काख्रे मलेसिय र भक्तपुरमा प्रदर्शन गर्ने तयारी

कतारमा सफलतापुर्वक प्रदर्शन पश्चात काख्रे मलेसिय र भक्तपुरमा प्रदर्शन गर्ने तयारी

काठमाडौ । प्रबल थिङ, शेखर थापा, शंकर पुडासैनी र सरिता तामाङको संयुक्त निर्माणमा बनेको तामाङ भाषाको चलचित्र काख्रे कतारमा सफलतापुर्वक प्रदर्शन पश्चात मलेसिया र भक्तपुरमा प्रदर्शन गर्ने तयारी रहेको छ । असार १८ गते पहिलो पटक काठमाडौको राष्टिय नाचघर जमलमा प्रदर्शन गरेको चलचित्र काख्रे श्रावण १३ गते कतारमा प्रदर्शन गरेका थिए । मंगलबार भक्तपुरमा सम्पन्न पत्रकार सम्मेलनमार्फत काख्रे यहि भाद्र महिनाको २६ गते मलेसियामा र असोज १ गते भक्तपुर स्थित बाराही मुभिजमा प्रदर्शन गर्ने जानकारी दिएका हुन् ।

तामाङ भाषामा बनेको चलचित्र काख्रे पुर्ण रुपमा व्यवसायिक चलचित्र रहेको हुंदा चलचित्र काख्रे भित्र संस्कार संस्कृति र भेषभुषा संलग्न नरहेको कुरा नायक ऋतुराज पाख्रिनले बताए । काख्रेमा नायक ऋतुराज पाख्रिन, कुइसाङ रुम्बा, नायिका सुनिता लुङबा लगायतका अभिनय रहेको छ । नायक ऋतुराज पाख्रिन को कथा लेखनमा एल.एम.सि.म्युजि सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको निर्देशन रोशन फ्युवा तामाङले गरेका हुन ।

पत्रकार सम्मेलनमा तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष असमान वाइबा, राष्ट्रिय खेलाडी सागर घिसिङ, काख्रेका निर्माता प्रबल थिङ, नायक ऋुतुराज पाख्रिन लगायतका कलाकारहरु रहेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्