28.1 C
Kathmandu

समाचारम्याग्दीमा एकै परिवारका पाँच जना पहिरोमा पुरिए

म्याग्दीमा एकै परिवारका पाँच जना पहिरोमा पुरिए

काठमाडौ । म्याग्दीको मालिका गाउँपालिका २ रुममा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।

मंगलबार बिहान साढे ६ बजे पहिरो खस्दा एकै परिवारका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका म्यग्दीले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका म्यग्दीका अनुसार पहिरोले तीन वटा घर बगाएको छ भने एकै घरका पाँच जनाको मृत्यु र अन्य घरका दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा ३६ वर्षीय घामबहादुर विक, उनकी ३४ वर्षीया श्रीमती राममाया, १५ वर्षीय छोरा नवीन, १३ वर्षीय छोरा राजन र ७ वर्षीया छोरी अस्मी रहेका छन भने घाइते हुनेमा ६५ वर्षीय गोठे विक र उनकी श्रीमती गोरी विक रहेका छन्। घाइतेहरुको अवस्था सामान्य रहेको रहेको छ ।

पहिरोले घरको साथमा गोठहरू पुरिदा कतिपय चौपायहरू मृत र बेपत्ता छन्।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्