17.1 C
Kathmandu

कला/ साहित्यआस्मान लोप्चानको हिमाली सेलो हाम्मैलिला खैलाला (शेर्पाको हुल उठ्यो) सार्वजनिक

आस्मान लोप्चानको हिमाली सेलो हाम्मैलिला खैलाला (शेर्पाको हुल उठ्यो) सार्वजनिक

काठमाडौ । सेलो गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक आस्मान लोप्चानको नयां हिमाली सेलो गीत हाम्मैलिला खैलाला (शेर्पाको हुल उठ्यो) भिडियो सहित सार्वजनिक भएको छ । गायकद्धय आस्मान लोप्चान गायक मात्र नभएर एक कुशल मोडल तथा सञ्चारकर्मी समेत हुन् ।

सेलो गीत संगीतको बजारमा विभिन्न खालका म्युजिक भिडियो सार्वजनिक हुने क्रममा संस्कार, संस्कृति र गोईलो खोई भनेर प्रश्न उठाउनेहरुका लागी यो गीतको भिडियो राम्रै जवाफ बन्ने पक्का रहेको छ । गायकद्धय आस्मान लोप्चान स्वयम् अभिनित ८ मिनेट लामो यो गीतको भिडियोमा सांकेतीक रुपमा बौद्ध धर्मसंग सम्बन्धीत संस्कार, संस्कृति र गोईलोको अत्यन्तै राम्रो ढंगले प्रस्तुत गरेको देखिन्छ ।

गीतको शब्द र संगीत गायकद्धय आस्मान लोप्चानकै रहेको छ भने आवाज आस्मान लोप्चानको र लामु शेर्पाको रहेको छ । जोगलाल लामाको एरेन्ज रहेको यस गीतको मिक्सिङ भने दिपेश प्रधानले गरेका हुन् । बुद्ध लामा तितुङको निर्देशन तथा पुर्ण लामाको नृत्य निर्देशन रहेको यस गीतको भिडियोमा आस्मान लोप्चान, मिङ्मा डोल्मा शेर्पा, छोङ्बा शेर्पा(ह्रिन्छेन) मुख्या भुमिकामा देखिन्छ भने लक्पा दोर्जे तामाङ, निरोज तामाङ, सम्झना घिसिङ, सुश्मिता तामाङ, सञ्चरानी शेर्पा, कमला शेर्पा, राजु लामा लगायतका नृत्य रहेको छ ।

हाल आस्मान लोप्चान जाम्बुलिङ ईनटरनेशनल अवार्ड २०२२ का लागी मलेसिया र सिङगापुरको यात्रामा रहेका छन् । यस अघि सार्वजनिक भएको बल्लपो तामाङको हुल उठ्यो बोलको खान्दोके सोलो जाम्बुलिङ ईनटरनेशनल अवार्ड २०२२ मा पर्न सफल भएको छ । बल्ल पो तामाङको हुल उठ्यो बोलको गीत सार्वजनिक गरे पछि अहिले लोप्चानले बल्लपो शेर्पाको हुल उठ्यो बजारमा ल्याएका हुन् ।

गीतको भिडियो Click Nepal Youtube Channel मार्फत सार्वजकि गरिएको छ ।

भिडियो हेर्नुहोस…..

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्