28.1 C
Kathmandu

समाचार२८ औं विश्व आदिवासी दिवसको अबसर पारेर युएईमा सांगितिक कार्यक्रमको तयारी

२८ औं विश्व आदिवासी दिवसको अबसर पारेर युएईमा सांगितिक कार्यक्रमको तयारी

काठमाडौ । २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवस २०२२ को अवसर पारेर युएइमा विविध सांगितिक कार्यक्रमको आयोजना गरिएको छ । आदिवासी जनजाति महासंघ युएईको साथमा विभिन्न एक दर्जन भन्दा बढि संघ संस्थाहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रमको तयारी गरेको कार्यक्रम आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरण आदवासी महिलाको भुमिका भन्ने मुल नाराका साथ दुबई स्थित याक एण्ड यति अस्टोरिया होटल बार मा अगष्ट १४ का लागी कार्यक्रम तय गरिएएको छ ।

कार्यक्रममा जातीय संस्थाहरुको सांस्कृतिक झांकी, जातीय इस्टल र मिस एण्ड मिस्टर इन्डिजिनियस २०२२ प्रतियोगिताका साथै विविध सांगितिक प्रस्तुती र विषेश पाहुनाहरुको आगमन जस्ता पक्षहरु कार्यक्रमका मुख्य विशेषता रहेको छ भने जनजातिहरुको महत्व बोकेका भेषभूषाका साथमा काला संस्कृतिहरुको समेत प्रदर्शन गरिने भएको छ

उक्त कार्यक्रममा नेपालको मौलिक संस्कृति झल्किने कला प्रदर्शन गर्ने प्रवासी कलाकारहरु र कोभिड महामारीको समय नेपाली समुदायको सेवामा अहोरात्र खटेका स्वयंसेवकहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्