काठमाडौ । नेपालटारमा मृत अवस्थामा फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सूर्य श्रेष्ठलाई अदालतले थुनामा राख्न आदेश गरेको छ । सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
गायिकाको शव भेटिनु अघिको रातमा श्रेष्ठ उनको कोठामा गएका थिए । आरोपी श्रेष्ठले बिहान आफू ब्युँझँदा गायिका झ्यालको भेन्टिलेसनमा पासो लगाएर झुन्डिएको देखेको बयान दिएका छन् । बचाउन आफूले डण्डी फुकाउँदा उनको शरीर चिसो भएपछि छाडेर भागेको श्रेष्ठले प्रहरीलाई बताएका छन् । श्रेष्ठले गायिकाको सल महाराजगञ्ज स्थित कतार भिसा सेन्टर नजिकैको झाडीमा फालेको अनुसन्धानबाट थाहा भएको छ ।
आइतबार जिल्ला अदालत काठमाडौँको आदेशले उनलाई मुद्दा पुर्पक्षका लागी केन्द्रीय कारागार चलान गरिएको छ । असार ११ मा बिहान दिलमाया नेपालटारस्थित डेरामा मृत अवस्थामा फेला परेकी थिइन् ।