13.1 C
Kathmandu

समाचारनेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

काठमाडौ । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल ७४५ मतका साथ विजयी भएका भएका छन् ।

लम्सालका निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत ल्याइन् भने अर्का प्रतिस्पर्धी भुवन भट्टले १९ मत पाए ।वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । केसीले ६८५ मत पाए भने उनका प्रतिस्पर्धी सरोज अधिकारीले ६६५ मत ल्याए ।

खुला उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा निर्वाचित भए । महिला उपाध्यक्षमा सलोजा दाहाल, समावेशी उपाध्यक्षमा दिपेन्द्र वान्तवा, प्रदेश १ उपाध्यक्षमा डिल्लीराम खतिवडा, मधेशबाट अनिल कर्ण, वागमतीबाट डाक्टर मुरारी अधिकारी, गण्डकीबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्रबहादुर कार्की, सुदूरपश्चिमबाट प्रेम चुनारा र काठमाडौं उपत्यकाबाट जीवन भण्डारी उपाध्यक्षमा निर्वाचित भए ।यस्तै, महासचिवमा दिलीप पौडेल, खुला उपमहासचिवमा युवराज गौतम, कमल पन्त र रवीन्द्र सुवेदी, महिला उपमहासचिवमा सुलोचना गौतम र दिलिपाश्री अधिकारी, समावेशी उपमहासचिवमा अभयकुमार राई निर्वाचित भएका छन् ।

खुला सचिवमा केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत, महिला सचिवमा मेनुका ढुंगाना, पुष्मा शर्मा र रेजिना गौतम, आदिवासी जनजाति सचिवमा लालकुमार मुक्तान, मधेशी सचिवमा अजित तिवारी, दलित सचिवमा राजन रुचाल, पिछडिएको सचिवमा एलपी देवकोटा, खस आर्य सचिवमा युवराज रेग्मी, रेडियो सचिवमा नरहरि सापकोटा, छापा सचिवमा राधा खनाल निर्वाचित भएका छन् । कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्