काठमाण्डौ – महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको एब मेसिनले अमेरिकामा भएको प्रदर्शनीमा ‘पिपुल्स च्वाइस अवार्ड’ जितेको छ । बच्चालाई न्यानो बनाउने मेसिन अर्थात बेबी वार्मर मेसिनले उक्त अवार्ड जितेको हो ।
अमेरिकाको नर्थ इस्ट ओहिओ मेडिकल युनिभर्सिटीले गरेको बायो मेडिकल उपकरणको आविष्कार प्रदर्शनीमा नेपालको राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरले बनाएको बेबी वार्मर मेसिनले पिपुल्स च्वाइसको अवार्ड जितेको अध्यक्ष महावीर पुनले जानकारी दिएका हुन् ।
बेबी वार्मर बनाउने इन्जिनियरले अमेरिकाको भिसा नपाएपछि मेसिनलाई कार्गोमार्फत अमेरिका पठाइएको र इन्जिनियरले जुममार्फत भाग लिएको पुनले बताएका छन् । बेबी वार्मर लाई एक्सप्रेस कार्गोद्वारा अमेरिका पठाइयो । हाम्रा इन्जिनियरहरुले नेपाल बाट नै जुम बाट भाग लिए । साथै सोहि युनिभर्सिटीका मेडिकल बिद्यार्थीहरुले दर्शकहरु लाई उपकरणको बारेमा बनाइएको पर्चाहरु बाँड्न मदत गरे र उनीहरुले जाने बुझे सम्मको बिस्तृत जानकारी पनि दिए ।
पुनले आउँदो दिनमा आविष्कारको क्षेत्रमा अघि बढ्न अवार्डले हौसला मिलेको पनि उल्लेख गर्नुभएको छ ।