26.1 C
Kathmandu

समाचारराष्ट्रिय अनलाइन पत्रकार संघ र मनासलु वर्ल्ड कलेज बिच सम्झौता: बिपन्न तथा...

राष्ट्रिय अनलाइन पत्रकार संघ र मनासलु वर्ल्ड कलेज बिच सम्झौता: बिपन्न तथा जेहेन्दार बिद्यार्थीलाई निशुल्क पढ्ने ब्यबस्थाप

काठमाडौं । मनासलु वर्ल्ड कलेज चाबहिल चुच्चेपाटीले राष्ट्रिय अनलाइन पत्रकार संघको सिफारिसमा बिपन्न तथा जेहेन्दार बिद्यार्थीलाई पुर्ण रुपमा निशुल्क अध्यापन गराउन सहमत भएको छ ।
राष्ट्रिय अनलाइन पत्रकार संघ र मनासलु कलेज बिच आज भएको संझौतामा यो सहमति भएको हो ।


श्रमजीवी पत्रकारहरु तथा उनिहरुका परिवारले ब्यहोर्नु परेका हरेक समस्यालाई सहजीकरण गर्न राष्ट्रिय अनलाइन पत्रकार संघले कलेज, अस्पताल लगायतको क्षेत्रमा पत्रकारलाई दिने सेवा सुबिधा सम्बन्धि सम्झौताहरु गर्दै आएको छ ।
यस अघि पनी नोजाले समाज डेन्टल अस्पताल र ग्रीन सीटी अस्पतालसंग पत्रकारहरुको लागि सहज रुपमा उपचार गराउने बिषयमा सम्झौता भएको थियो ।


बिशेष गरि पत्रकरीता बिषयमा पढ्न चाहेर पढ्न नसकेका र पढ्न नसक्ने अवस्थामा रहेका पत्रकारका एकाघरका सदस्यलाई लक्षित गरि यो सम्झौता गरिएको नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले बताउनु भयो ।
कलेजले व्यावसायिक मात्र नभएर सामाजिक दायित्व समेतलाई मध्यनजर गर्दै छात्रवृत्तिको विभिन्न प्याकेज नै बनाएको भएपनी पत्रकार हरुको लागि बनाएको यो पहिलो प्याकेज भएको कलेजका अध्यक्ष ग्येन्द्र लामाले बताउनु भयो।


यस्ता सम्झौताहरु बाट दुबै पक्षलाई हित हुने भएकोले अझ परिस्कृत र परिमार्जित रुपमा समाजसेवामा लागेको अनुभुती हुनेगरी सम्झौता कार्यन्वयन गर्न कलेजका प्रीन्सिपल राजन श्रेष्ठले जोड दिनु भयो ।
सम्झौता गर्ने कार्यक्रममा सारा खबर, राष्ट्रिय खबर, मुग्लानी खबर, वेब बैंक, आर्थिक प्लस, आर्थिक चौतारी लगायतका नोजामा आवद्ध मिडिया हरुको उपस्थिति रहेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्