22.1 C
Kathmandu

समाचारपार्टीका आन्तरिक विवाद चर्केपछि जसपा फुटको संघारमा

पार्टीका आन्तरिक विवाद चर्केपछि जसपा फुटको संघारमा

काठमाडौ । पार्टीका आन्तरिक विवाद चर्केपछि जसपा फुटको संघारमा पुगेको छ । चरम विवाद पस्चात बाबुराम पक्ष र उपेन्द्र यादव पक्षले छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपाका (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक जडिबुटीको रोयल जडीबुटी पार्टी प्यालेसमा आजदेखि बैठक बस्न लागेको हो । आज ११ बजेदेखि सुरु हुने बैठकका लागि केन्द्रीय सदस्य र परिषदका सदस्यहरु काठमाडौँ आइपुगेका छन् ।

त्यसै गरि जसपा उपेन्द्र यादव पक्षले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । यादव पक्षको बैठक भोलिदेखि वीरगञ्जमा बस्ने तयारी रहेको छ ।यी दुई समूहको छुट्टा छुट्टै बैठकले जसपाको भविष्य निर्धारण गर्नेछ । पार्टी एक रहने कि विभाजन हुने विषयमा यी छुट्टा छुट्टै बस्ने बैठकले तय गर्ने समेत बताइएको छ ।

यद्यपी पार्टीमा छलफल गरेर बिवादलाई मिलाउनुपर्छ भन्ने मान्यताका नेताहरु पनि धेरै नै देखिन्छन् । तसर्थ दुवै पक्षको बैठकमा सहभागी नहुने जसपाका धेरै नेता दुबै पक्षलाई मिलाउने अभियानमा लाग्ने भएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्