28.1 C
Kathmandu

कला/ साहित्यगायीका सिरी लोप्चानले बनाए नायक सागर घिसिङलाई आफ्नो सेम ह्रो

गायीका सिरी लोप्चानले बनाए नायक सागर घिसिङलाई आफ्नो सेम ह्रो

काठमाडौ । तामाङ गीत संगीतको बजारमा आज शुक्रबार एकै दिनमा फरक फरक किसिमका तिन वटा गीतको भिडियो सार्वजनिक भएको छ । ति मध्य गायीका सिरी लोप्चानले भने बौद्ध पिपलबोट स्थित सेकुवा जक्सनमा पत्रकार सम्मेलन मार्फत औपचारीक रुपमा तामाङ प्रेम गीत ‘सेम ह्रो’ भिडियो सहित सार्वजनिक गरिएको हो ।

ज्ञान्दास तामाङको शब्द रचनमा युवा गायक तथा संगीतकार बिहीन दोङले संगीत गरेको ‘सेम ह्रो’ बोलको तामाङ प्रेम गीतमा संगीतकारद्धय बिहीन दोङ र सिरी लोप्चानको सुमधुर आवाज रहेको छ । गीतको एरेन्ज वाङ्च्यु फ्युवाले गरेका हुन् भने मिक्सिङ दिपेश प्रधानले गरेका हुन् ।

‘सेम ह्रो’ को भिडियो तर्फ भने अजय स्याङतानको निर्देशन/नृत्य निर्देशन मा गायीका सिरी लोप्चान र नायक सागर घिसिङको अभिनय रहेको छ । ‘सेम ह्रो’ बिसुद्ध एउटा माया प्रेम संग सम्बन्धित रहेको गीत भएको हुंदा यो गीतको भिडियोमा गायीका सिरी लोप्चानले नायक सागर घिसिङलाई आफ्नो सेम ह्रो को रुपमा प्रस्तुत गरेको देखिन्छ । भिडियोमा नायक सागर घिसिङ र सिरी लोप्चानको प्रेम लिला संगै एक अर्काको मनको कुरा व्यक्त गरेको पाइन्छ ।

आज सम्पन्न ‘सेम ह्रो’ सार्वजनिक तथा पत्रकार सम्मेलन स्थलमा भने अरु बेलाको कार्यक्रमहरुको जस्तो दृश्य देखिएन । कार्यक्रमलाई आयोजकले सांच्चिकै पत्रकार सम्मेलनको प्रारुप दिन खोजेको देखिन्छ । विगतका कार्यक्रमहरुको मञ्चमा प्रमुख अतिथि लगायत अन्य अतिथि हरुको लामबद्ध आसन ग्रहण संगै लामो समय सम्म भाषण कार्यक्रम हुन्थ्यो भने आजको कार्यक्रममा त्यस खालका गतिविधिहरु देखिएन । पत्रकारको साथमा अन्य कलाकारहरुसंग रहेका प्रतिकृया माथी भिडियो निर्माण पक्ष विच छलफल तथा अन्तरकृयामै कार्यक्रमको समापन भएको थियो ।

भिडियो गायीका सिरी लोप्चानको आफ्नै युट्युव च्यानल सिरी लोप्चान अफिसियल मार्फत सार्वजनिक गरेको हो ।

भिडियो हेर्नुहोस….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्