24.1 C
Kathmandu

कला/ साहित्यअसार १५ मा प्रतिक ङ्येसुर र गायीका पुजा बोम्बजनको नृत्यको बर्षात, 'चुई...

असार १५ मा प्रतिक ङ्येसुर र गायीका पुजा बोम्बजनको नृत्यको बर्षात, ‘चुई चुई ङोसी’ सार्वजनिक

काठमाडौ। के हिउंद के बर्षात, के बन्दा बन्दी के आर्थिक मन्दी यि सबै सबै समस्याहरुको बिचमा पनि तामाङ गीत संगीतको बजारमा नयां नयां स्वाद सहितको म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रम रोकिएन । अझ भनौं पछिल्ला समय तामाङ गीतसंगीतको बजारमा एक किसिमको बाढी नै आएको छ । दैनिकजसो फर फरक खालका भिडियोहरु सार्वजनिक हुने क्रममा बुधबार दिपेश लामा र पार्वती बोम्जनको नयां मनोरन्जनात्मक खालका गीतको भिडियो सार्वजनिक भएको छ ।असार १५गते निर्देशक एवम् मोडल प्रतिक ङ्येसुरको जन्मदिनको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरिएको हो ।

बुधबार बौद्ध स्थित सेकुवा जक्सनमा एक बिशेष कार्यक्रमका बिच नेपाल तामाङ चलचित्र संघका संस्थापक अध्यक्ष/गायक तथा संगीतकार चन्द्र कुमार दोङको प्रमुख आतिथ्यतामा ‘चुई चुई ङोसी’ बोलको गीत भिडियो सहित सार्वजनिक गरेको हो । त्यसै गरि कार्यक्रममा नेपाल तामाङ कलाकार संघकै पूर्व अध्यक्ष गायक एवम् संगीतकार सञ्जीव वाइबा र अन्तराष्टिय तामाङ परिषदका सचीव सुरेन्द्र थिङ तामाङको बिशेष आतिथ्यता रहेका थिए भने तामाङ समुदायका अन्य थुप्रै कलाकारहरुको बाग्लो उपस्थिति रहेका थिए । कार्यक्रमका अध्यक्षता गायक तथा संगीतकार बिशाल काल्तानले गरेका थिए भने कार्यक्रम सञ्चारकर्मी सुदिन लामा दोङले सञ्चालन गरेका थिए ।

दिपेश लामा र पार्वती बोम्जनको प्रस्तुती रहेको ‘चुइ चुइ ङोसी’को भिडियोमा प्रतिक ङ्यासुरको निर्देशन रहेको छ । अभिनयमा भन्दा निर्देशनमा बढि जोड दिने कलाकार प्रतिकले यो पटक ‘चुइ चुइ ङोसी’को भिडियोमा भने यस पटक निर्देशक प्रतिक ङ्यसुर र गायिका पुजा तामाङको बेजोड नृत्य/अभिनय रहेको छ ।

गीतमा गायक तथा संगितकार बिशाल काल्तानको शब्द तथा संगीत रहेको छ भने आवाज बिशाल काल्तान र पूजा तामाङकै रहेको छ । एरेन्ज मिक्सिङ दिपेस प्रधानले गरेका हुन । भिडियो छायंकन, सम्पादन बिक्रम मोक्तानको रहेकोछ भने ड्रोन सन्चु थोकर , मेकप नितु लामाको रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चन्द्र कुमार दोङले बास्तबिक कलाकार त त्यो हो जस्ले मानिसलाई जिउने मार्ग सिकाउंदछ भने, त्यसै गरि नयां नयां सिर्जना गर्ने क्रममा सिर्जनाका कनेक्सन कहां के संग रहेको छ भन्ने कुराको निक्र्यौल गर्नुपर्ने कुरा समेत बताए । बिशेष अतिथि सञ्जिब वाइबाले भने कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गीतसंगीतको दुनियांमा दर्शकका लागी नयांपन दिने पक्षलाई बढि जोड दिएको तर त्य सम्बन्धि अनुसन्धान कम गर्ने अर्थात गर्दै नगर्ने गरेको हुंदा तामाङ मौलिक गीत संगीतमा बिकृति आएको कुरा बताए । यत्ति मात्र नभएर तामाङ गीतसंगीतलाई पछिल्ला समय हरेक दृष्टिकोणले पटक पटक प्रहार गर्दै आएको कुरा समेत बताए । कार्यक्रमको अध्यक्षता गरेका गायक तथा संगीतकार बिशाल काल्तानले भने चुई चुई ङोसी बोलको गीत भरपुर मनोरन्जका लागी बनाएको बिलकुलै व्यवसायीक गीत रहेको छ । व्यवसायीक तामाङ गीतलाई अगाडि ल्याउने कुरामा तामाङ संस्कार संकृतिको सम्बोधन गर्न र समेट्न नसके पनि तामाङ भाषालाई भने शिरमा राखेर यस्ता गीतहरु ल्याएको बताए ।

भिडियो पुजा तामाङ अफिसियल युट्युव च्यानल मार्फ सार्वजकि गरेको छ ।

भिडियो हेर्नुहोला….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्