22.1 C
Kathmandu

कला/ साहित्यसामाजिक सञ्जालमा सामाजिक सञ्जालकै टिका टिप्पणी !

सामाजिक सञ्जालमा सामाजिक सञ्जालकै टिका टिप्पणी !

काठमाडौं । तामाङ चलचित्र संघ नेपालको १४ औं स्थापना दिवस अर्थात जन्मोत्सवको अवसर पारेर शनिबार चावहिल स्थित चलचित्र बिकास बोर्डमा एक भव्य कार्यक्रमका बिच चेतना मुलक लघु चलचित्र ‘सामाजिक सञ्जाल’को बिशेष प्रदर्शन गरेका थिए ।

पूर्वमन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको स्टेजमा दर्जनौं अतिथिहरु रहेका थिए । पूर्वमन्त्री देखी विभिन्न संघ संस्थाका प्रतिनिधिहरुका साथै नेपाल टेलिभिजनको महाप्रबन्धक फूलमान वल लगायत तामाङ चलचित्र संघका पूर्वअध्यक्षहरु सम्मका अतिथिहरु कार्यक्रमको स्टेजमा देखेका थिए । तामाङ चलचित्र जगतका निर्देशक, नायक तथा नायिकाहरु सहित सिङ्गो तामाङ समुदायका अन्य कलाकारहरुको समेत बाक्लै उपस्थिति रहेका थिए ।

कार्यक्रमको ड्यासमा आसिन अतिथिहरुको अनुहार हेर्दा र देख्दा चलचित्र जगतमा निक्कै नै लामो इतिहास बोकेका र चलचित्र क्षेत्रमा दख्खल राख्ने व्यक्तित्वहरु रहेको जो कोहीले पनि सहजै अनुमान लगाउन सकिन्थ्यो । केही छिटपुट अतिथि बाहेकका सबैजसो अतिथिहरुले निक्कै नै दमदार भाषण पनि गरे । भाषण गर्ने क्रममा कोहीले आफ्नो तारिफ आफैले गरे, कोहीले बिषय बस्तुभन्दा बाहिरका कुराहरु पनि कोट्याए । तर केही वक्ताहरुले भने चलचित्र संघ र चलचित्रकर्मीहरुका लागी निक्कै नै प्रभावकारी सल्लाह सुझाव पनि दिएका थिए । केही वक्ताले आफ्ना बिचार राख्दा हलमा सामाजिक सञ्जाल हेर्न गएका दर्शकहरुले सुन्न अल्छि मान्दै निदाएका पनि देखिन्थ्यो ।

तोकिएको समयभन्दा निक्कै समय पछि मात्र कार्यक्रम शुरु हुनु, मन्तव्य राख्ने अतिथिहरु धेरै हुनु, अतिथिहरुले समयलाई ख्यालमा नराखी लामो समय सम्म भाषण गरिरहनु र सम्मान कार्यक्रम र प्रमाण पत्र वितरण कार्यक्रम अपेक्षा गरिए भन्दा लामो हुनु यी सबै गतिविधिका कारणले गर्दा चलचित्र हेर्न हलसम्म पुगेका दर्शकलाई ४५ मिनेटको चलचित्र हेर्न लगभग ४५० मिनेट जत्ति नै कुर्नु परेको थियो । यो पटकको कार्यक्रमको अवस्था हेर्दा कार्यक्रम जे जस्तो भए पनि हल दर्शक र कलाकारहरुले भरेका थिए । संघका पदाधिकारीहरु स्टेजको छेउछाउ र अन्तिम समय सम्म कार्यक्रम व्यवस्थापनमै जुटिरहेका थिए । अन्यथा दर्शकका लागि बस्ने सिटको बैकल्पिक व्यबस्थापन गर्नु पर्ने अवस्था आउने थियो । यी सबै अबस्थाहरु हेर्दा सहजै अनुमान लगाउन सकिन्छ कि, चलचित्र संघले कार्यक्रम र लघु चलचित्र प्रर्दशनको प्रचार प्रसार भने प्रभावकारी ढंगले गरे । सामाजिक सञ्जालको पोस्टर सामाजिक सञ्जालभित्र देखेपछि दर्शकहरु हतारिएर हल सम्म ओइरिनुले पनि तामाङ चलचत्रिलाई माया गर्ने दर्शकको कमी रहेनछ भन्ने अवश्य पनि महसुश गराउंछ ।

यत्ति बेला भने सामाजिक सञ्जालहरुमा सामाजिक सञ्जालको टिकाटिप्पणी र चर्चा पाउन थालेको छ । शनिबार प्रदर्शन गरिएको लघु चलचित्र हेर्न हल सम्म पुगेका दर्शक, कलाकार तथा पत्रकारहरुले सामाजिक सञ्जालमा कुनै पनि प्रतिकृया नदिएकोमा टिकाटिप्पणी गर्न थालेका छन् । वास्तबमै सामाजिक सञ्जाल कस्तो खाले चलचित्र हो यसको बारेमा केही सञ्चारमाध्यमहरुमार्फत समिक्षा सहितको सामाचारहरु पनि आउन थालेका छन् । हुन त हामीले चलचित्र हेर्न र आतिथ्यता ग्रहण गर्न आउने केही चलचित्र क्षेत्रकै व्यक्तिहरुसंग पनि सोध्यौं चलचत्रि कस्तो लाग्यो भनेर जवाफमा राम्रै छ समाजलाई दिन खोजेको सन्देश अझ राम्रो छ भन्ने जवाफ पायौं । कत्तिपए दर्शकहरुले भने तामाङको भाषा धर्मसंग सम्बन्धित चलचित्र होइन रहेछ सामाजिक सञ्जालभित्र भए गरेका बिकृतिहरुलाई तामाङ जातिको मौलिक भाषा , धर्म भेषभुषा, कला तथा संस्कृति परम्पराकै प्रयोग मार्फत उतारेको भए अझ राम्रो हुन्थ्यो भन्ने खालका प्रतिकृयाहरु पनि हामीले पायौं ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्