19.1 C
Kathmandu

कला/ साहित्यतामाङ चलचित्र संघको बार्षिक उत्सवमा लघु चलचित्र 'सामाजिक सञ्जाल'प्रदर्शन गरिने

तामाङ चलचित्र संघको बार्षिक उत्सवमा लघु चलचित्र ‘सामाजिक सञ्जाल’प्रदर्शन गरिने

काठमाडौ । तामाङ चलचित्र संघको १४ औं बार्षिक उत्सवको अवसर पारेर नेपाल तामाङ चलचित्र संघले लघु चलचित्र ‘सामाजिक सञ्जाल’ प्रदर्शन गरिने भएको छ । सोमबार बौद्ध जोरपाटी स्थित एक होटलमा सम्पन्न पत्रकार सम्मेलन मार्फत संघले उक्त जानकारी गरेको हो ।

पत्रकार सम्मेलनमा कार्यक्रमको जानकारी सहित सम्बोधन गर्ने क्रममा नेपाल तामाङ चलचित्र संघका अध्यक्ष नायक कुमार मोक्तानले जानकारी दिए अनुसार यहि जेष्ठ २७ गते तामाङ चलचित्र संघको १४ औं बार्षिक उत्सब रहेको र सो दिन शुक्रबार पर्न गएको हुंदा जेष्ठ २८ गते शनिबार पारेर संघको वार्षिक उत्सव कार्यक्रमलाई औपचारिक रुपमा मनाउंदै सोही अवसरमा लघु चलचित्र ‘सामाजिक सञ्जाल’ प्रदर्शन गरिने भएको हो । कार्यक्रममा जानकारी दिए अनुसार कार्यक्रम र चलचित्र प्रदर्शन चलचित्र विकाश बोर्ड(गोपिकृण हल पछाडी) विहान ११ बजे गर्ने तयारी रहेको छ ।

नेपाल तामाङ चलचित्र संघ रोशी गाउँपालिकाको संयुक्त सहकार्यमा निर्माण गरिएको उक्त चलचित्र ४५ मिनेटको रहेको छ भने यस चलचित्र निर्माणको कुल लागत १० लाख ४ हजार रहेको अध्यक्ष मोक्तानले बताए ।

सोमबार नेपाल तामाङ चलचित्र संघको आयोजनामा सम्पन्न पत्रकार सम्मेलनमा संघका पदाधिकारीहरु सहित तामाङ सञ्चारकर्मीहरुको समेत बाक्ले गपस्थिति रहेका थिए । कार्यक्रममा अध्यक्ष कुमार मोक्तानले जानकारी दिए अनुसार जेष्ठ २८ गते लघु चलचित्र प्रदर्शनी संगै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिने भएको छ । विभिन्न संघ संस्थाले यस अघि वितरण गर्दै आएका अवार्ड तथा सम्मानहरुको खासै अर्थ नरहेको अध्यक्ष मोक्तानले बताए । अवार्ड र सम्मान सांच्चिकै जिवनभर स्मरण गर्न सक्ने सम्मको होस, अवार्ड र सम्मान पत्र एउटा फ्रेममा हालेको कागजको टुक्रा मात्र हुन नहुने बताउंदै सांच्चिकै त्यो एक टुक्रा कागजमा दिएको सम्मानले ठुलो अर्थ लागोस अनि दिने र लिने दुवैको लागि अर्थपूर्ण रहोस् जस्ले गर्दा आफ्नो कर्म, सिप, क्षेमता अभिबृद्धिमा अझ बढि प्रोत्साहन र हौसला मिलोस । तसर्थ तामाङ चलचित्र संघको १४ औं स्थापना दिवशका दिन गरिने सम्मानको शिर्षकको बारेमा समेत उपस्थित सम्पूण पत्रकारहरुसंग सल्लाह सुझव मागेका थिए अध्यक्ष कुमार मोक्तानले ।

सम्मानको शिर्षक छनौट गर्ने क्रकममा पहिलो तामाङ चलाचित्र सेम्री छोरङन्, तामाङहरुको पहिचान बोकेको डम्फू लगायत तेमालको अन्तिम राजा ह्रेन्जेन दोर्जे जस्ता अर्थपूर्ण शिर्षकहरुद्धारा सम्मान गरिने कुरामा छलफल भएको थियो ।

तामाङ चलचित्र संघका उपाध्यक्ष अजय स्याङ्तानले कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ चलचित्र प्रदर्शको निमित्त हल नपाइने समस्यबाट उन्मुक्ति दिलाई अब हामीले हल खोज्ने होइन हलले हाम्रो चलचित्र खोज्नुपर्ने वातावरण बनाउने तयारीमा चलचित्र संघले योजना तर्जुमा गरेको बताएका थिए ।

जेष्ठ २८ मा प्रदर्शन गरिने भनिएको लघु चलचित्र ‘सामाजिक सञ्जाल’ रोशी गाउंपालिकाका पूर्व अध्यक्ष डि.बी.लामाको परिकल्पनामा बनेको हो भने निर्देशन अध्यक्षद्धय नायक कुमार मोक्तान स्वयम्को रहेको छ । चलचित्रको छायंकन भने काभ्रेको रोशी गाउंपालिका आसपासमै सम्पन्न भएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्