17.1 C
Kathmandu

समाचारअन्तत: अभिनेत्री मिरुनाद्वारा सम्प्रदायमा परेको असरप्रति गरिन क्षमा याचना

अन्तत: अभिनेत्री मिरुनाद्वारा सम्प्रदायमा परेको असरप्रति गरिन क्षमा याचना

काठमाडौ । नेपाली चलचित्र कबड्डी ४ कि अभिनेत्री मिरुना मगरले आफुमाथी अभद्र व्यबहार गरेको भन्दै आइतबार सिभिल महल स्थित क्युएफएक्समा जे जत्ति घटना घटेको ति सबै घटप्रति मुगुका फुर्पा तामाङ र अभिनेत्री मगर बिच सहमति भएको छ ।

अभिनेत्री मगरमाथि लामाले अभद्र व्यबहार गरेको भनी लामालाई थप्पड हाने पश्चात थुनामा राखेका थिए । लामालाई आज रु ३ हजार धरौटीमा रिहा गरे पनि सम्प्रदाय प्रति प्रहार गर्ने उदेश्यले लामामाथि कुट्पिट गरेको भन्दै नारा जुलुसमा उत्रे पश्चात आज दुवै पक्ष विच सहमति भएको हो ।

सहमति भए पछि सार्वजनिक भएको बिज्ञप्तिमा उल्लेख गरिए अनुसार फुर्पा तामाङले आफ्नो गल्ती स्विकार गरेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी छिन । त्यसै गरि अभिनेत्री मगरले कुनै पनि जाती, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको भएपनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिङ्गो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदाय प्रति पर्न गएको असर प्रति क्षमा याचना गरेकी छिन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्