29.1 C
Kathmandu

समाचारअभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक धरौटीमा छुटे

अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक धरौटीमा छुटे

काठमाडौ । नेपाली चलचित्र कबड्डी–४ की अभिनेत्री मिरूना मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्व लामा रु.३ हजार धरौटीमा रिहा भएका छन्।

मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका हुन् ।

फिल्म प्रमोशन गर्न जाँदा काठमाडौंको सिभिल मलमा तामाङले आफूमाथि अभद्र व्यवहार गरेको मिरूनाले आरोप लगाएकी थिइन्। उनले तामाङलाई थप्पड समेत हानेकी थिइन्।

उक्त घटनाका भिडिओहरू सामाजिक सञ्जालमा आएपछि तामाङमाथि गलत आरोप लगाएको भन्दै विरोध प्रदर्शन भएको थियो।

आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको २४ वर्षीय फुर्वा तामाङ मुगुको मुगूम कार्मारोङ गाउँपालिका २ का हुन् ।

लामाको रिहाई पश्चात पनि लामालाई सार्वजनिक स्थलमा अभिनेत्री मगरले थप्पड हान्दै कान समातेको आक्रोश व्यक्त गर्दै सामाजिक सञ्जालमा बौद्ध धर्म प्रतिको अपमान गरेको मगर विरुद्ध अझै आलोचना गरेको पाईन्छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्