23.1 C
Kathmandu

समाचारमुक्तिनाथ दर्शनका निम्ति उडेका एकै परिवारका ७ सदस्य मुक्तिनाथ पुग्नै पाएनन्

मुक्तिनाथ दर्शनका निम्ति उडेका एकै परिवारका ७ सदस्य मुक्तिनाथ पुग्नै पाएनन्

काठमाडौ । आइतबार तारा एयरको जहाज चढेर मुक्तिनाथ दर्शनका लागि जोमसोम उडेका धनुषका एकै परिवारका ७ जनाले जोमसोम पुग्नै नपाई जहाज दुर्घटनामा परेर मृत्यु भएको छ ।

यी ७ जनासँगै तारा एयरको जहाजमा रहेका २२ जनाको दुर्घटनामा मृत्यु भएको खबरले सारा नेपालीलाई स्तब्द तुल्याएको छ । आमा राममाया, बुबा इन्द्रबहादुर, काका पुरुषोत्तम, काकी तुलसा देवी, मामा मकरबहादुर तामाङ र माइजु सुकुमायालाई लिएर उनी १३ गते पोखराका लागि निस्किएका थिए । शनिबार पोखराको विभिन्न मन्दिर दर्शन गरेका उनीहरु मुक्तिनाथको दर्शन गर्नका निम्ति आइतबार तारा एयरको जहाज चढेर जोमसोमका लागि उडे । तर उनीहरु कोही पनि मुक्तिनाथ पुग्न पाएनन्

मामा माइजु गाउँमै बस्ने गरेका थिए भने बाँकी सबै काठमाडौंमै बस्दै आएको वडाअध्यक्ष बेदबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार जहाज दुर्घटनामा मृत्यु भएका राजनका मामा गाउँमै पढाउँथे । राजनका श्रीमती, एक छोरा र एक छोरी छन् । नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार छोरीले यस पटक एसईई दिएकी छिन् भने छोरा सानै छन् । उनीहरु काठमाडौंमै पढ्दै थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्