22.1 C
Kathmandu

समाचारपरमादेशि सरकार देश र जनता प्रति नितान्त गैह्र जिम्मेवारी रहेको छ: नविना...

परमादेशि सरकार देश र जनता प्रति नितान्त गैह्र जिम्मेवारी रहेको छ: नविना लामा

काठमाडौ । नेकपा (एमाले) काभ्रे क्षेत्र नं १ का माननिय साम्सद नविना लामाले परमादेशि सरकार देश र जनता प्रति गैह्र जिम्मेवारी रहेको कुरा बताएकी छिन ।

आज सम्पन्न प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लामाले गठबन्धनको सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रम प्रति निक्कै नै आलोचनात्मक ढङ्गले बुंदागत रुपमा टिका टिप्पणी गरेकि हुन् ।

सम्बोधनको क्रममा लामाले परमादेशि सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रम अध्ययन गरे पश्चात यो सरकार देश र जनताको दैनिक समस्याप्रति नितान्त गैह्र जिम्मेवारि रहेको निष्कर्षमा आफु पुगेको बताईन । यत्ति मात्र नभएर सरकारले प्रस्तुत गरेको निति र कार्यक्रम एक हावादारी गफ मात्र रहेको र केवल झुटको पुलिन्द्रा मात्र रहेको कुरा समेत बताईन ।

यत्ति मात्र नभएर माननीय नविना लामाले हाल आकाशिंदो मुल्यबृद्धिलाई समेत ध्यानमा नराखेको र मुल्यबृद्धि सिमाको सन्दर्भमा तयार पारिएको खाका जनताले पत्याउनै नसकिने समेत जिकिर गरिन ।

बैंक तथा वित्तीय संस्थाहरुले नौं महिना देखी कर्जा प्रवहा गर्न सक्ने अवस्था छैन, व्यवसायीहरुले ऋण नपाईरहेको यो अवस्थामा अझै पनि यो परमादेशि सरकारले जनतालाई ढांट्ने र भ्रम फैलाउने खालका गलत आस्वासन सहितको निति तथा कार्यक्रम रहेको समेत बताईन ।

यत्ति मात्र नभएर महिला हिंसा, बलात्कार जस्ता जघन्य अपराध बढ्दै गएको छ यसलाई समेत सरकारले चासोको बिषय नबनाएकोमा समेत प्रश्न उठाएका थिए ।

बेरोजगारी न्यूनीकरण, युवा स्वोरोजगार तथा शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ऋण दिने जस्ता कार्यक्रम कहाँ गायब भयो ? यस्को सम्बोधन गर्न समेत सरकारलाई जोडदार माग राख्दै सुशासन र पारदर्शीको विषयमा सरकारका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने हिक्मत नरहेको समेत लामाले जिकिर गरिन ।

यसै गरि गठबन्धनको सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट काटौति गर्दै आएको र शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापारीकरण, दलाल र माफियाहरुको चङ्गोलमा फसेको कुरा समेत व्यक्त गरिन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्