27.1 C
Kathmandu

स्थानिय समाचारपाँचखालको आर्थिक विकासमा एमालेको मोडलःकृषि भूमिमा पानी, सिंचाईमा लगानी

पाँचखालको आर्थिक विकासमा एमालेको मोडलःकृषि भूमिमा पानी, सिंचाईमा लगानी

भकुण्डेबेशी –नेकपा(एमाले) पांचखालले ‘कृषि भूमिमा पानी, सिंचाईमा लगानी’ भन्ने मूल मन्त्र सहितको नयां आर्थिक विकासको मोडल तय गरिएको छ । सम्भावना प्रशस्तै भए पनि सही नेतृत्वको अभावका काभ्रेको पाँचखाल नगरपालिकामा आर्थिक उन्नति स्थानीयबासीको सपनाजस्तै बनिसकेको छ । अघिल्लो चुनावमा पाँचखालालाई अमेरिकी मोडलमा विकास गर्ने भाषण सुनेर मख्ख परेका पाँचखालबासी अहिले निराश बनिसकेका छन् । तर, पाँचखालमा दीर्घकालिन आर्थिक विकासको जग बसाउने संकल्पसहित नयाँ नेतृत्वका लागि युवा नेता कञ्चन अधिकारी चुनावी मैदानमा उत्रिएका छन् ।

‘जनताले नयाँ नेतृत्व र नयाँ योजना खोजेका छन्’, नेकपा एमालेबाट पाँचखाल नगरपालिकाको उम्मेदवार बनेका अधिकारी भन्छन्, ‘जनताको अपेक्षा पुरा गर्नेगरी आर्थिक विकासको खाका नेकपा एमालेले कोरिसकेको छ ।’ पाँचखाल नगरपालिकाको नारा छ ः कृषि शहर, पाँचखाल नगर । तर नाराअनुसार अहिलेसम्म काम हुन सकेको छैन । किसानले नगरपालिकाबाट कृषि क्षेत्रमा केही प्राप्त गर्नै नसकेको अवस्थामा एमाले पाँचखालले आर्थिक विकासको पहिलो शर्त नै बनाएको छः “कृषि भूमिमा पानी, सिंचाईमा लगानी” । पाँचखाल नगरपालिका कृषिबाटै समृद्ध बन्न सक्छ, तर त्यसका लागि सिञ्चाई मुख्य समस्याको रुपमा रहेको छ । सिञ्चाईको समस्यालाई दीर्घकालिनरुपमा समाधान गर्न साविकका सतह सिंचाईका कुलाहरुलाई मर्मत संभार गरिने छ । सतह सिंचाई नपुगेका कृषियोग्य भूमिमा लिफ्टिङ, डिपबोरिङ, डिपट्युवेल तथा इनार, आकासेपानी संकलन, प्लाटिक पोखरी, थोपा सिंचाई जस्ता बैकल्पिक सिंचाइका उपायहरु द्वारा सिंचाईको प्रबन्ध गरिने एमालेको प्रतिवद्धता छ । यस्तै तरकारी र तरकारीको बिउ ढुवानीका लागि अनुदान दिने, बाँझो जमिनमा खेतीका लागि प्रोत्साहन गर्ने लगायतका योजना पनि अघि सारिएको छ ।
नेकपा एमालेले पाँचखाल नगरपालिकामा विजयी भएपछि सहकारी क्षेत्रको प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास लगायतका योजनाबाट नगरमा आर्थिक विकास गर्ने प्रतिवद्धता एमालेले गरेको छ । आफूहरु असम्भव नारा र योजना लिएर नआएको बताउँदै नगर प्रमुख पदका उम्मेदवार अधिकारीले, गर्न सकिने र पाँचखालबासीले विकासको अनुभूति गर्ने गरी योजना तयार पारिएको जानकारी दिएका छन् ।
कस्ता छन् त पाँचखालमा आर्थिक विकासको एमाले मोडल रु

आर्थिक विकास
कृषि तथा पशुपंछीः
“कृषि भूमिमा पानी, सिंचाईमा लगानी”
–पाँचखालका कृषि योग्य जमिनमा सिंचाईका लागि कृषिभूमिमा पानी सिंचाईमा लगानी नामक कार्यक्रम संचालन गरिने छ ।
–साविकका सतह सिंचाईका कुलाहरुलाई मर्मत संभार गरिने छ । सतह सिंचाई नपुगेका कृषियोग्य भूमिमा लिफ्टिङ, डिपबोरिङ, डिपट्युवेल तथा इनार, आकासेपानी संकलन, प्लाटिक पोखरी, थोपा सिंचाई जस्ता बैकल्पिक सिंचाइका उपायहरु द्वारा सिंचाईको प्रबन्ध गरिने छ ।
–उन्नत जातको बिउ, आधुनिक प्रविधिको उपयोगलाई प्राथमिकता दिईने छ ।
–उन्नत जातको तरकारी बिऊ खरिदमा र तरकारीबालीको ढुवानीमा कृषकलाई अनुदानको ब्यबस्था गरिने छ । स्थानीय स्तरमै बिऊ बैकको स्थापना र सबलिकरण गरिने छ ।
–अन्न तथा तरकारी बाली सिजनमा रासायनिक मलको अभाब नहुने ब्यबस्था मिलाईने छ ।
–अनैकोट, पाँचखाल, होक्से, कोशीदेखा, खरेलथोक, पलाञ्चोक र देवभूमी बालुवा क्षेत्रका कृषि उत्पादकत्व कमी भएका पाखा बारीहरुलाई फलफूल क्षेत्रका रुपमा बिकास गरिने छ ।
–बर्षादको पानी संकलन गर्न बिभिन्न स्थानहरुमा सिंचाई पोखरीहरु निर्माण गरिने छ ।
–कृषि तथा पशुपँक्ष्ीि ब्याबसायलाई ब्याबसायीकरण गरि युवाको आकर्षण बढाईने छ । कृषिमा लागत कमी गर्न आधुनिक प्रबिधि र यान्त्रीकरणमा जोड दिइने छ ।
–अर्गानिक खेतीको विकास, प्राङ्गारिक मल र जैविक विषादीको उत्पादन र प्रयोगलाई प्राथमिकता दिईने छ ।
–तरकारी संकलन केन्द्रहरुको ब्यबस्था गरि कृषकले उत्पादन गरेका ताजा तरकारीको पारदर्शि रुपमा उचित मुल्य प्राप्त गर्न सक्ने गरि बजारीकरणको ब्यबस्था गरिने छ ।
–उत्पादकदेखि उपभोक्तासम्म पुग्दा हुने मुल्य अन्तर कमी गर्न सहकारी सहकारीका माध्यमबाट कृषि उपजको सङ्कलन, प्रशोधन, भण्डारण, बजारीकरण, विक्री वितरण सम्बन्धी कार्यको थालनी गरिने छ ।
–बाँझो जमिनलाई उपयोगमा ल्याउन प्रोत्साहन गरिने छ र जमिन बाँझो नरहने गरी निरुत्साहनको नीति लिइने छ ।
–कृषि बिमा प्रबन्धको सहजीकरण, सरल कृषि कर्जाको उपलब्धतामा समन्वय गरिने छ ।
–कृषि तथा पशुसेवा सबन्धी प्राविधिक जनशक्तिको उत्पादनमा छात्रबृत्तिको ब्यबस्था गरिने छ ।
–पाँचखाललाई आलु र अन्य तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरिने छ । आलुप्रशोधन केन्द्रको स्थापनाको लागि पहल गरिने छ ।
–कृषकहरु तथा कृषि सहकारीको सहभागितामा कोल्ड स्टोरेज स्थापना गरिने छ । बिऊको लागि भण्डारण गरिने आलुमा लाग्ने शुल्क अनुदान दिइने छ ।
–पशु–पंक्ष्पििालनका लागि नस्ल सुधार, उन्नत घाँस विकास र पशु अस्पतालको ब्यबस्था गरिने छ । पशुजन्य ब्याबसायिक उत्पादनलाई जोड दिईने छ ।
–पशुबिमाको प्रीमियममा अनुदानको ब्यबस्था मिलाइने छ । सहकारी संस्थाहरु मार्फत दुग्ध संकलन केन्द्रहरुको स्थापना र स्तरोन्नति गरिने छ ।
–दुग्ध उत्पादक सहकारी संस्था मार्फत साना किसानहरुको आय वृद्धि गर्नका लागि सहुलियतपूर्ण कर्जाको ब्यबस्था गरिने छ ।
–पाँचखालमा एक व्यवस्थित पशुबधशाला नीजि क्षेत्रसंगको सहकार्यमा संन्चालन गरिने छ ।
–पाँचखाल नगरपालिकालाई दुग्ध र मासुजन्य पदार्थको महत्वपूर्ण निर्यातस्थलको रुपमा बिकास गर्न गाई, भैसि र कुखुरा पालन ब्यबसाय प्रर्बधनका लागि सघीय बिशेष योजना माफत कार्यक्रमहरु संचालन गरिने छन ।
सहकारी क्षेत्रको विकासः
–नगर क्षेत्रभित्र सहकारी संस्थाको दर्ता, खारेजी, प्रवद्र्धन तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यहरू कानूनद्धारा नियमन र व्यवस्थापन गरिनेछ ।
–उत्पादनमा सहभागि सहकारीहरुलाई प्रवद्र्धन गर्ने नीति लिइने छ
–कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, आवास, विद्युत, पर्यटन, बायोग्यास, उपभोक्ता, फोहोरमैला सङ्कलन तथा प्रशोधन, प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन गर्नेजस्ता सहकारीको स्थापना र सन्चालन कार्यलाई प्रोत्साहन गरिने छ ।
–बचत तथा ऋण सहकारीका माध्यमबाट उत्पादन मूलक क्षेत्रमा पुँजी परिचालन र वित्तीय पहँुच अभिवृद्धि कार्यमा जोड दिइने छ ।
पर्यटन पूर्वाधार विकास तथा प्रवर्दनः
–पाँचखाल पर्यटन विकास गुरुयोजना तयार गरी धार्मिक पर्यटन, पर्यापर्यटन तथा कृषि पर्यटनको विकास गरिने छ ।
–पलान्चोक भगवती क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक केन्द्रको रुपमा विकास गरिने छ ।
–हरेक वडाहरुमा कम्तिमा एक पार्कको स्थापना र विकास गरिने छ ।
–वडा नं. ६ ठाँटीबाट महांकालस्थान जीपलाईन सञ्चालन गर्न नीजी क्षेत्रलाई आकर्षित गरिने छ ।
–दनुवार, तामाङ र पहरी जातिको कला संस्कृति झल्कने गरि सांस्कृतिक संग्रालय निर्माण गरिने छ ।
लघु–उद्योग एवं स्थानीय बजार व्यवस्थापनः
–आफ्नै घरपरिवारमा बसि स्वरोजगार हुन र आयआर्जन गर्न चाहाने समुदायहरुका लागि लघु उद्यम बिकास कार्यक्रम संन्चालन हुनेछ ।
–बिभिन्न मोडेलमा सिपमुलक तालिम प्रदान गरिने छ । तालिम प्राप्त ब्यक्तिहरुलाई ब्याबसाय गर्न पूँजिको अभाव भएमा मेयर उद्यमशीलता बिकास कार्यक्रम मार्फत पूँजि (ऋण) उपलब्ध गराइने छ ।
–लघुउद्यमबाट उत्पादित सामाग्री तथा स्थानीय उपजहरु बिक्री बितरणका लागि कोशेली घरको ब्यबस्था गरिने छ ।
–पाँचखाल नगरपालिकाको उपयूक्त क्षेत्रहरुमा औद्योगिक ग्रामको स्थापना र औद्योगिक पूर्वाधारको विकास गरिने छ ।
–लघु, साना एवं मझौला उद्योगहरूको स्थापना र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने छ ।
–स्थानीय रुपमा उत्पादन हुने कृषिजन्य वस्तुहरुलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी सन्चालन गर्ने लघु उद्योगहरुलाई प्राथमिकतामा राखिने छ ।
–उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यहरू गरिने छ ।

‘नागरिक समृद्धीका लागि मेयर उद्यमशिलता बिकास कार्यक्रम’
–ब्यक्तिगत योग्यता क्षमता र ईच्छा शक्ति भएका तर सिप र पूजिँको अभावमा ब्याबसाय गर्न नसकेका ब्यक्ति÷परिवारहरुलाई ब्याबसायी बनाई नगरवासीको रोजगारी सृजना गरी आर्थिक बिकास गर्न मेयर उद्यमशील बिकास कार्याक्रम संचालन गरिने छ ।
–मेयर उद्यमशिल बिकास कार्यक्रम अन्र्तगत १% (एक प्रतिशत) ब्यााजदरमा पूंजी (ऋण) उपलब्ध हुने ब्यबस्था मिलाइने छ ।
–बैक/बित्तीय संस्था मार्फत उपलब्धहुने यस्तो ऋण ब्यक्तिगत जमानिमा ५ लाख सम्म र धितो जमानिमा १५ लाख सम्म ५ बर्षै अबधिको हुनेछ ।
–यो कार्यक्रम मार्पmत बार्षिक न्युनतम पनि २०० परिवार लाभन्वित हुनेछन र ५ बर्षमा १००० परिवारले ब्याबसाय शुरु गर्नेछन ।
–यो कार्यक्रमको सहयोगबाट उत्पादन बृद्धी भई नगरपालिकालाई निर्यातयोग्य नगर बनाउन मद्दत पुग्ने छ ।
स्थानीय स्रोत–साधन तथा राजस्व परिचालनः
–करका दरहरुसलाई कम गर्दै करको दायरालाई बृद्धिगर्ने नीति अबलम्बन गरिने छ ।
–प्राकृतिक स्रोत, सामुदायिक तथा सरकारी बन, नदीनाला, खोलाखहरे, उर्वर जमीनको उचित उपयोग र खानी तथा खनिज पदार्थको उत्खनन्, संरक्षण एवं परिचालन सम्बन्धी नीति तथा कानुनी व्यवस्था र सोको कार्यान्वयनद्वारा स्रोत व्यवस्थापन गरिने छ ।
–विद्यमान ऐन कानूनद्वारा प्राप्त अधिकार अनुरूप स्थानीय कर, सेवा शुल्क तथा दस्तुर परिचालन एवं राजस्व छलीमा नियन्त्रण गरिने छ ।
–सूचना प्रविधिमा आधारित करदाताको विवरण तथा राजस्व सङ्कलन व्यवस्था, राजस्व परिचालनको दीर्घकालिन योजना तर्जुमा, कार्यान्वयन र मूल्यांकन प्रकृयालाई बलियो बनाइने छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्