28.1 C
Kathmandu

समाचारराष्ट्रिय युवा संघ नेपाल काभ्रेको आयोजनामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल काभ्रेको आयोजनामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

काठमाडौ । स्थानीय निर्वाचनको मिति घोषणा भएक संगै विभिन्न दल तथा दल निकट संगठनहरुले चुनावी लक्षित कार्यक्रमहरुलाई तिव्रताका साथ अगाडि बढाएको पाइन्छ । यसै क्रममा नेकपा(एमाले) निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रेको आयोजनामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । सोमबार काभ्रेको बनेपा स्थित एमालेको पार्टी कार्यलयमा नेकपा(एमाले) काभ्रेका अध्यक्ष अशोक ब्यान्जुको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको हो ।

आज सम्पनन जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाले राष्ट्रिय युवा संघ नेपाल काभ्रेको संयोजकमा सागर रायमाझीलाई चयन गरिएको छ । त्यसै गरि काभ्रेमा रहेको १३ वटै स्थानिय तहलाई समेटेर युवा संघ जिल्ला कमिटी निर्माण गरिएको छ ।

उक्त भेलालाई प्रमुख अतिथि अशोक व्यञ्जु, युवा संघ नेपालका केन्द्रीय सदस्यहरु लगायत केन्द्रीय सह–कोषाध्य राकेश लामा, उपाध्यक्ष अमित लामा लगायतले सम्बोधन गरेका थिए भने जिल्ला कमिटीमा चयन भएका सम्पुर्णलाई युवा संघका केन्द्रीय उपाध्यक्ष अमित लामाले सपथ ग्रहण गराएका थिए ।

संविधान सभा सदस्य तथा पुर्वमन्त्रि समेत रहेका नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य रेशम लामाले भने कार्यक्रमको अन्ततिर उपस्थित भएर नव गठित जिल्ला कमिटीका सिंगो टिमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

नेकपा (एमाले) र माओवादी केन्द्र बिचको पार्टी एकता पश्चात नेकपा बने संगै प्राय शुन्य गतिविधीमा रहेको राष्ट्रिय युवा संघ नेपाल काभ्रेले आज सम्पन्न भेला मार्फत पुर्णता पाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्