21.1 C
Kathmandu

ब्रेकिङ समाचारकुलमान घिसिङलाई पछि पार्दै राजुनाथ पाण्डे २३६१ मतान्तरले अग्रता

कुलमान घिसिङलाई पछि पार्दै राजुनाथ पाण्डे २३६१ मतान्तरले अग्रता

काठमाडौं । देश विदेशमा समेत सबैभन्दा चासोको विषय बनेको काठमाडौं क्षेत्र नं. ३ को पछिल्लो मतपरिणाम अनुसार उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाइ भारी मतको साथ उछिन्दै रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले अग्रस्थान कायमै राखेको छ ।

कुलमान घिसिङको निक्कै सम्भावना स्थानको रुपमा आंकलन गरिएको यो निर्वाचन क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं १ देखी ५ सम्मको मत गणना सकिंदा रास्वपाको ६५८१ मत रहेको छ भने उनेपाको ४२२० मत रहेको छ । त्यसै गरि नेपाली कांग्रेसको २१९० र एमालेको १२०९ मत रहेको छ ।

बिहान ९ः१५ बजे सम्मको अपडेटअनुसार कुलमान घिसिङलाई निक्कै भारी मतले उछिन्दै राजुनाथ पाण्डेले अग्रता कायम गरिएको छ । उनेपाको उम्मेदवार कुलमान घिसिङलाई गोकर्णेश्वर नगरपालिका  १, २ र ६ बाट भारी मतान्तरले लिड गर्ने अनुमान लगाए पनि १-५ सम्मको मतपरिणाम अनुसार त्यो आंकलन मेल खाएन भने वडा नं ६ को मत गणना जारी रहेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्