17.1 C
Kathmandu

कला/ साहित्यनमोबुद्ध नगरका पूर्वमेयर टि.पी शर्मा तिमल्सिनाको शनिबारिय चिन्तन

नमोबुद्ध नगरका पूर्वमेयर टि.पी शर्मा तिमल्सिनाको शनिबारिय चिन्तन

शनिबारिय चिन्तन

——–

हिड्दा-हिड्दै
कोहि पछाडी छोडिन्छ
कोही अगाडि पुग्छ।
गन्तव्य रहेछ जीन्दगी,
प्रतिस्पर्धामा कोहि अघि बढ्छ
कोहि पछाडी पर्छ।

कतै उज्यालो देखिन्छ
कहिँ अँध्यारो हुन्छ।
कतै घाम लाग्छ
कहिँ छाया पर्छ।
बाढीको भेलमा तैरिदै
हावाको बेगमा हुत्तिदै
गन्तव्य रहेछ जीन्दगी
प्रतिस्पर्धामा कोही अघि बढ्छ
कोही पछाडी पर्छ।

यहाँ कसैको चीत्कार निरर्थक हुन्छ
कतै हाँसो बहुमूल्य बन्छ।
अर्कालाई पछि तान्नु पुरुषार्थ हुन्छ
कसैको बाध्यता पीडामा रुन्छ।
कतै समुहगत
र, कहिँ एक्लै हिड्नुपर्छ
गन्तव्य रहेछ जीन्दगी
प्रतिस्पर्धामा कोहि अघि बढ्छ
कोही पछाडी पर्छ।

जीन्दगीको दौडमा हिड्नैपर्ने
नहिडे गन्तव्य ओझेलमा पर्ने
कहिँ अशक्तको सहारा बनेर
कतै पिछडिएकालाई अघि तानेर
यो दौड,,
कहिँ निर्धक्क हिड्छ
कतै एम्बुसमा पर्छ
प्रतिस्पर्धामा कोही अघि बढ्छ
कोहि पछाडी पर्छ।

-शनिबार, २१ असार २०८२

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्