25.1 C
Kathmandu

स्वास्थ्यमिर्गौला पिडित च्याङ्बा तामाङ बचाउ अभियानमा संकलित सहयोगार्थ रकम हस्तान्तरण

मिर्गौला पिडित च्याङ्बा तामाङ बचाउ अभियानमा संकलित सहयोगार्थ रकम हस्तान्तरण

काठमाडौं । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ९ निवासी दुवै मृगौलाले काम नगर्ने अवस्थामा पुगेका मिर्गौला पिडित च्याङ्बा तामाङ बचाउ अभियानबाट संकलीत सहयोगार्थ रकम सार्बजनिक गर्नुका साथै पिडितलाई हस्तान्तरण गरेको छ । शनिबार भक्तपुरमा एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरेका हुन् ।

शनिबार भक्तपुर स्थित एक होटलमा रकम हस्तान्तरण तथा धन्यवाद कार्यक्रमको साथै पत्रकार सम्मेलनमार्फत पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ (लालध्वाज)को प्रमुख आतिथ्यतामा उक्त रकम हस्तान्तरण गरेका थिए । बज्रशक्ति एकता समाजका अध्यक्ष बिर बहादुर घिसिङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममार्फत मृगौला पिडित च्याङ्बा तामाङ बचाउ अभियानमा स्वदेश तथा विदेशबाट समेत संकलन गरिएको सहयोगार्थ रकम रु.दश लाख चौबिस हजार तिन सय सत्ताईस रुपैया एकमुष्ठ रुपमा पिडितलाई हस्तान्तरण गरेका हुन् ।

पिडित च्याङ्बा तामाङ हाल काठमाडौं वनस्थली स्थित राष्ट्रिय मृगौला उपचार केन्द्रमा विगत छ महिना देखी उपचारको क्रममा रहेको छ । उनि विगत दुई बर्षदेखी दुवै मिर्गौलाले काम नगर्ने अवस्थामा पुगेका हुन् । पिडित तामाङ अहिले हप्ताको दुई पटक सम्म डाइलसिस गर्दै आएका छन् । च्याङ्बा तामाङको आर्थिक अवस्था कमजोर भएको कारण उपचारको लागि सहयोगार्थ रकम जुटाउन अभियान नै सञ्चालन गरेका थिए । उक्त अभियान सञ्चालनका लागि सकृय रुपमा भुमिका निर्वहा गरेका बज्रशक्ति एकता समाजका अध्यक्ष विर बहादुर घिसिङका अनुसार मिर्गाैला पिडित च्याङ्बा तामाङलाई पिडितकै श्रीमती साईली तामाङले मृगौला दिने भएको छ । उनका अनुसार मिर्गौला प्रत्यारोपणका लागी आवस्यक पर्ने रकम जेटाउने क्रममा केही रकम संकलन भए पनि तत्काल बिरामीको स्वास्थ्यमा थप समस्या देखेको कारण केही महिना पछि मात्र मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने भएको हुंदा हाल संकलन गरिएको रकम केही महिना उनको उपचारकै लागि खर्च हुने अवस्था आएको छ । तसर्थ उपचारको लागी रकम नपुग भएकोले हामी अझै रकम जुटाउने क्रममा नै छौं । उनले भने । ‘बुबाको उपचार खर्च धान्न गाह्रो छ । केही रकम संकलन भएपनि बुवाको स्वास्थ्यमा थप समस्या आएको कारण तत्काल मिर्गौला प्रत्यारोपण गर्न नहुने हुंदा खर्चमा थप भार हुने भएको छ ।” पिडितका छोरा बलिमान तामाङले भने । उनले थपे ”अहिले तत्काल प्रत्यारोपण गर्न मिलेको भए लगभग हाल संकलन गरिएको रकममा केही थप थाप गर्दा पुग्ने थियो अब पाँच छ महिना सम्म निरन्तर डाईलसिस गर्दा यो पैसा पनि सक्छ झनै उपचार रकम जुटाउन गाह्रो हुने अवस्था देखियो । तसर्थ म विदेश जाने तयारी गदैछु , फ्रि भिषा, फ्रि टिकट भनेको छ । हेरौ अव के हुन्छ ।” उनले निक्कै भावुक हुंदै भने ।

प्रमुख अतिथि सुर्यमान दोङले बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पिडितलाई मनोवल उच्च बनाउन र रोगसंग लड्ने क्षमताको विकास गर्न अनुरोध गर्दै उपचारको लागि कही कतै केही समस्या आए जत्तिखेर जहाँपनि उपस्थित हुने र जनप्रतिनिधीको रुपमा खेल्नुपर्ने सबै खालका भुमिकामा कुनै पनि कमि आउन नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।

तामाङ पत्रकार संघका केन्द्रिय सदस्य तथा मिशन समृद्ध नेपालका अध्यक्ष समेत रहेका तेमाल अनलाईनका कार्यकारी सम्पादक सुदिन दोङ पनि यो अभियानमा उत्तिकै सकृय रुपमा लागेको देखिन्छ । उनले हाल सम्म यस्ता प्राणघातक तथा दिर्घ रोगीहरुका लागी साक्षत भगवानले झै धेरैको नयाँ जीवन दिन सफल भएको छ । समस्यामा परेकाहरुका लागी लामो समय देखी थुप्रै अभियान सञ्चालन गर्दै आएका दोङले भने यस्ता खालका अभियानमा लाग्दा धेरै आरोप प्रत्यारोपहरु खेप्नु परेको पनि बताए । शनिबार सम्पन्न उक्त कार्यक्रमा सुदिन दोङ आफैले सञ्चालन गरेका थिए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्