30.1 C
Kathmandu

कला/ साहित्यआस्मान लोप्चनले ल्याए निक्कै रोमान्चक नेपाली गीत “ओए मेरी मुन्नी”

आस्मान लोप्चनले ल्याए निक्कै रोमान्चक नेपाली गीत “ओए मेरी मुन्नी”

काठमाडौं । तामाङ मौलिक खान्दोके सेलो गीतबाट सांगीतिक क्षेत्रमा आफुलाई चिनाउन सफल गायक आस्मान लोप्चनको निक्कै नै रोमान्चक तथा नेपाली डान्सिक गीत “ओए मेरी मुन्नी” अफिसियल भिडियो सहित सार्बजनिक भएको छ । बिहिबार Click Nepal युट्युव च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियो सार्बजनिक गरेका हुन् ।

पछिल्ला समय फरक फरक किसिमका गीतहरु दिनानुदिन जस्तै डिजिटल बजारमा सार्बजनिक भैरहेको छ । यसै क्रममा छोटो समयमा नै सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै क्रेज बटुल्न सफल गायक आस्मान लोप्चनले ओए मेरी मुन्नी सार्बजनिक गरेका हुन् । उत्तम भेटवालको शब्द रचना र रिमेस कुमारको संगीत रहेको उक्त गीतमा स्वर भने गायक आस्मान लोप्चनको रहेको छ । बिशम आचार्यले एरेन्ज गरेको अडियो मिक्सिङ साजन सहाले गरेका हुन् ।

गीतको भिडियो तर्फ भने पवन सुस्लिङको निर्देशन तथा कोरियोग्राफमा निक्कै नै चर्चित भिडियो मेकिङ ग्रुप भिमफेदी गाईज संगै गायकद्वय आस्मान लोप्चन र कोरल थापालाई समेत देख्न सकिनेछ भने रिया लामालाई अतिथि कलाकारको रुपमा उभ्याएको छ । छोटो संवातबाट सुरु भएको भिडियो अन्त सम्म रोचक ढंगले नै प्रस्तुत गरेको देखिन्छ ।

खान्दोके सेलो गीतबाट चर्चा बटुल्न सफल गायक आस्मान लोप्चन गीत गाउने मात्र नभएर आफै अभिनयसंगै राम्रो नृत्य पनि गर्न सक्ने एक कुशल कलाकार हुन् । मोडलिङबाट कलाकारिता क्षेत्रमा पाईला चालेका लोप्चनले छोटो समयमा नै गायकको रुपमा आफुलाई स्थापित गर्न सफल भएको देखिन्छ ।

यस अघि निक्कै हिट गीतहरु बजारमा ल्याईसकेका लोप्चनको यो पटकको नेपाली डान्सिङ गीतलाई दर्शकले कत्तिको न्याय देला त ?

भिडियो हेर्नुहोस…

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्