27.1 C
Kathmandu

विचारबाल दिवसको उपलक्ष्यमा अविभाबकलाई  सन्देश: सेम्साङ वाइबा 

बाल दिवसको उपलक्ष्यमा अविभाबकलाई  सन्देश: सेम्साङ वाइबा 

काठमाडौ | आज बाल दिवस देशै भर फरक फरक कार्यक्रमका बिच मनाईरहेका छन | बाल दिवस मनाउने क्रम सङ्गै यो मुलुकमा हाम्रा बालबलिकाहरुको अवस्था र भविश्य कत्ता तिर गैरहेको छ ? यावद बिषयबस्तुहरु समेटेर सेम्साङ वाइबाले सिङ्गो अविभाबकलाई सन्देश स्वोरुप एउटा लेख तयार गरेको छ :

बालदिवस 

सन्दर्भ बाल दिवसः आज बाल दिवस, शुभकामना सम्पुर्ण अबोध बालबालिकाहरुमा जो भविश्यका कर्णधार हुन् । नौ महिना आमाको ममतामही गर्भको बास त्यसपछि सुन्दर धर्तिमा आगमन, त्यो चम्किलो मुहार अनि त्यो जन्मदाताको  कोकिल रुन्छे आवाज साँच्चै फेरि उहीँ बालपनमा फर्कन पाए । फेरि उहीँ तोते बोलि, आमाको ममतामही काखमा लाडिबुडी अनि बुबाको न्यानो स्पर्सको अनुभूति सहित लरबरिदै फेरि हिड्न पाए । आहा कती रमाईलो हुन्थ्यो ।

निर्दोष नयन संगै तोते बोली अनि बाल हठ यति मात्र कहाँ होर बालबालिकाको अबोध गतिबिधी भित्र लुकेका अदृश्य सपनाले मन नै फुरुङ्ग बनाईदिन्छ । सायद प्रकृतिको अनुपम रचना मध्यको मानव सभ्यता र त्यसमा पनि बालपन एउटा साँच्चै बिशेष मान्न सकिन्छ । त्यसो त हरेक वर्ष सेप्टेम्बर १४ अर्थात् भदौ २९ गते बाल बालिकाको हकहितको लागि दिवसको रुपमा मनाउने गरिएको छ ।

ईतिहासलाई हेर्ने हो भने, बालबालिका सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरे संगै बालबालिकाको हकहित, संरक्षण र बाल प्रतिबद्वता जनाउँदै प्रत्येक वर्ष बाल दिवस मनाउने गरेको पाईन्छ ।

बालपनका यादहरु साँच्चै फरक अनुभुतिको ज्वार जस्तै मानसपटलमा अटल रहेकै छ, हामी सबैको । झट्ट सम्झँदा किन मान्छेको उमेर बढ्छ, होला साथै बालपन मै रम्न पाए जस्तो अनुभूति पनि हुन्छ तर यो त एक संसार चल्ने प्रक्रिया न हो ।

न रोकेर रोकिने, न छेकेर छेकिने । सृष्टिको फकृन लागेको फुलको कोपिला जस्तै हुन् बालबालिकाहरु, जव फुल्छन तव मानव सृष्टिको अस्तित्वमा मिठास आउने हो । यदि फक्रन नपाई चिमोट्न खिजियो भने अस्तित्व कहाँ रहला र । उनीहरुलाई फक्राउनु भन्नू नै उपयुक्त वातावरणमा जिवनोपयोगी ज्ञान सीप र व्यवहारिकतामा पोख्त बनाउनु हो । पारिवरिक माया, ममता, स्नेह, उमेर र क्षेमता अनुसारको शारीरिक अभ्यासले नै बालबालिकालाई एउटा फुलको पुर्णता दिने हो ।

त्यसैले बालपनको कलिलो मानसपटललाई सकारात्मक प्रभाव पार्न सक्ने हरेक गतिविधिमा पोख्तता राख्नु जरुरी देखिन्छ । बालपनको उपयुक्त वातावरणले नै बालबालिकाको भविष्य निर्धारण गर्ने हो ।

पारिवरिक वातावरण, जिउने वास्तविक आधार, सिकाईका हरेक गतिबिधी बाल दिमागमा अमिट रहने हुनाले हाम्रो प्राथमिकता पनि बालबाकिकाको भविष्य संग प्रत्यक्ष जोडिने खालको हुनु जरुरी छ ।

दार्शनिक भनाई सम्झने हो भने पनि मानव जन्मिदा स्वतन्त्र जन्मन्छ तर बिस्तारै उ जिम्मेवारिको दायित्त्वले बाँधिदै जान्छ । तसर्थ स्वतन्त्र बालपन अनि ती निर्दोश नयानहरुलाई हामिले गलत अभ्यासमा लगायौ भने भविष्य गलत नै नजिर हुनेछ । पहोलो पाठशाला घरबाटै त्यो कलिलो मस्तिष्कमा प्रेम, सद्भाव, माया, ममता अनि भावनात्मक कुराहरुको बिजारोपण गराउन सकियो भने उस्को भविष्य सकारात्मकताले भरिपुर्ण हुनेछ ।

त्यसो त मान्छे राम्रो जव हुन्छ, तव उस्को विचार र विवेक उत्तम हुन्छ त्यसैले ठूलो घर, धेरै सम्पत्ती, ऐयासी त एक काल्पनिकतामा रम्ने माध्याम मात्र हुन भन्ने आभास बालबालिकालाई दिलाउन सकियो भने उनीहरुको मानव सभ्यता प्रतिको धारणा हमेसा सकारात्मक बनिरहन्छ ।

बाल्य अवस्थामै उनीहरुलाई मानव एकता समानता अनि कार्यगत एकता सबै समान हुन् । केही अनि कोहि फरक छैन भन्ने अनुभूति हामीले दिलाउन सक्नु पर्छ । उदाहरणको लागि एउटा सुकिलो मुकिलो लुगा लगाएको मान्छे ठाँटले कारमा ह्विकिएर ऐयासी गरेको तस्वीर होईन र हरियो दुबोमा खाली खुट्टाले उफ्रदै उफ्रदै आफ्नो भावनालाई साक्षात्कार गरिरहेको तस्विरको परिचयात्मक महत्व बुझाउन सकियो भने उस्ले जीवनभर समानताको ज्वाला छर्नेछ ।

आज समय बदलिएको छ, बालबालिकाको रम्ने आधार बदलिएको छ । लुकामारी, डन्डिबियो, कपडाको बल बनाएर खेल्ने तरिका अनि प्रकृति संग रम्ने पहिलेको अवस्था अब रहेन ।

प्रत्येकको हातमा मोबाईल अनि अनलाईन गेम र कार्टुनको लतले पछिल्लो पुस्ताको बालबालिकालाई सकारात्मक र नकारात्मक दुबै तरिकाले प्रभाव पारिरहेको छ । प्रविधिको विकास संगै सेकेण्ड भरमा उनीहरुले धेरै कुरा सिकिरहेका पनि छन्, भने गेम र कार्टुन प्रतिको लगातारको लगाबले उनिहरुको मानसिक विचलनमा असर पनि परिरहेको छ ।

यस्ता कुरा प्रत्येक अभिभावकले मनन गरेर बालबाकिकाको कलिलो मस्तिस्कलाई सहि बाटोमा हिड्न भरपुर सहयोग गर्नु पर्ने देखिन्छ । जब बालबालिकाले प्रसस्त मायाको अनुभुती गर्छन् तव उनीहको लागि त्यो मार्गदर्शन बनिदिन्छ । उनीहरुले सोही माया प्रत्येकलाई देखाउन थाल्छन् अनि सोच्नुस् त ? कस्तो होला घर परिवार र समाजको मायारुपी एकता ।

त्यसैले बालबालिकालाई मायामा कमिको अनुभूति कहिलै नगरौं । यो उमेर भनेको यावत जिज्ञासामा रुमल्लिने उमेर हो त्यसैले उनिहरुको हरेक जिज्ञासाको सरल समाधानमा हामीले हरदम प्रयास गर्नुपर्छ । हरेक बालबालिका आफैमा क्षमतावान छन् । हामीले उनीहरुलाई कुनै कुरामा दवाव दिने होईन उनीहरुको क्षमता पहिचान गरि त्यसलाई उजागर गर्न प्रेरणा प्रदान गर्नु पर्छ ।

हामीले बालबालिकालाई जतिसक्दो समय दिन सक्नु पर्दछ । जसबाट उनीहरुलाई भविष्यमा गएर सरल र क्षमतावान बन्न मदत गरोस् नकि पैसको रवाफमा रम्ने मानविय चरित्र ।

पछिल्लोसमय बाल अपराधका घटनाहरु निकै बढोरहेको छ । कतिपय सन्दर्भमा बालबालिका आफै आपराधिक घटनामा संलग्न भैरहेका छन् भने त्यो भन्दा ठूलो पाटो बाल हिंसाका घटनाहरु बढिरहेका छन । बलात्कार, हत्या, अपहरण जस्ता क्रूर गतिविधिको सिकार बनिरहेका छन् बालबालिकाहरु ।

यसले हाम्रो परिवार समाज, समुदाय र राष्ट्रलाई नै ठूलो चुनौती खडा गरेको छ । अब हामीले आ आफ्नो ठाउँबाट आठोट गर्नु पर्छ कुनै कुनै पनि बालबालिका आपराधिक घटनामा संलग्न हुने छैनन् र कुनै अपराधिको सिकार पनि बन्ने छैनन् । यसको लागि हामीले बुलन्द आवाज हरेक घर घरबाट निकाल्नु जरुरी छ । त्यसो त ग्रामिण भेगका कतिपय बालबालिकाहरु सामान्य आधारभुत आवश्यकताबाट समेत बन्चित रहेका घटनाहरु पनि बाहिर आईरहेका छन् । यस्ता गतिविधिहरु राज्य स्तरबाटै भरपर्दो व्यवस्थापन गर्नु नितान्त जरुरी भैसकेको छ ।

संक्रमणकालिन अवस्था बाहेक मानविय दैनिकी निकै व्यस्त बन्दै गैरहेको छ । कतिपय हकमा पारिवारिक रुपमै आफ्ना सन्तानलाई समय दिन नसकिरहेको अवस्था छ । आफ्ना सन्तानलाई दिनुपर्ने समय र माया हामीले पर्याप्त दिन सकेका छौं त ? ब्यवहारिक परिवर्तन सँगै बालबालिका सहि मार्ग निर्देश त भैरहेका छन् ? यसले कतै बालबालिकाको भविष्यलाई त असर गरिरहेको छैन ? यसमा गम्भीर हुनुपर्ने अवस्था आएको छ । समग्रमा हामी सम्पुर्ण अभिभावकले आफ्नो बालबच्चाको उज्ज्वल भविश्य, असल व्यवहार अनि चमकदार सपनाको लागि सोच्नु जरुरी छ र मनन गर्नु जरुरी छ, कि आजको बालबालिका भोलिको कणधार हुन जुन फक्रिएको फुल भन्दा कम छैन ।

सेमसाङ वाइबा (गोकर्णेश्वर -६ काठमाडौ )

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्