अन्तर्राष्ट्रियजापान आएको २ साता नपुग्दै नेपाली युवाले गरे आत्मा हत्या

जापान आएको २ साता नपुग्दै नेपाली युवाले गरे आत्मा हत्या

२२ जेठ २०७९/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान- १२ दिन अगाडी जापानको नागोया सहरमा बिद्यार्थी भिषामा जापान आएका एक नेपाली युवाले आत्महत्या गरेका छन।
नागोयाको नागोया सि मा बस्दै आएका ती नेपाली युवाले आफ्नो कोठामा ज्यान लिएको स्रोतले जानकारी दिएको छ।
हाल मृतकको शव अस्पतालमा रहेको र पोष्टमार्टम लगायतको कामहरू भईरहेको बुझिएको छ।
बि.क थरका उनी कोभिड महामारीपछि हालैमात्र जापानको भाषा विद्यार्थीको रूपमा जापान अध्ययनका लागि आएका थिए।
मृतकको शव जुन ५ तारिख आईतबार बिहान कोठामा फेला परेको हो। घटनाको प्रकृति हेर्दा उनले आफैंले आफ्नो ज्यान लिएको देखिएको प्रहरीले जानकारी दिएको छ।
नमोबुद्ध न्युजलाई प्राप्त जानकारीअनुसार बिद्यार्थी भिषामा बि.क जापान आएको १२ दिन मात्र पुगेको थियो।उच्च शिक्षा अध्ययन र अन्य सपना योजना बुनेर जापान आएको दुई साता नपुग्दै बि.क ले के कारणले जीवन परित्याग गरे भन्ने बुझ्न सकिएको छैन।
नेपाल स्थित परिवारमा जानकारी गराउने क्रममा रहेकाले मृतक ब्यक्तिको विवरण गोप्य रखिएको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्