17.1 C
Kathmandu

कला/ साहित्यमाघ ३ गते चरिकोटमा हुने ल्होछार विशेष सांसकृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा 

माघ ३ गते चरिकोटमा हुने ल्होछार विशेष सांसकृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा 

काठमाडौं । मन्जुश्री संवत २८६२ ता ल्हो राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा चरिघ्याङ गुम्बा व्यवस्थापन समितिले यहि माघ ३ गते बृहत ल्होछार सांस्कृतिक कार्यक्रम-२०८२ को आयोजना गरिने भएको छ । 

दोलखा जिल्लाको सदरमुकाम चरिकोट अन्तर्गत पर्यटकिय नगरि भिमेश्वर नगरपालिकाको चरिकोट बजार चारदोबाटोमा माघ ३ गते शनिबारको लागि तय गरिएको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रमको संयोजक कुईसाङ रुम्बा तामाङले नमोबुद्ध न्युजलाई जानकारी दिएको हो ।

तामाङ समुदायले ल्होछारलाई नयां साल अर्थात पर्वको रुपमा मात्रै मनाउंदैनन् । ल्होछार तामाङ समुदायले आफ्नो पहिचान, ईतिहांस, संस्कार र सांस्कृतिक उत्सवको रुपमा मनाउंदै आएका छन् । यो बर्ष दोलखा जिल्लाकै सदरमुकाममा आयोजना गरिएको ल्होछार विशेष सांस्कृतिक र्यक्रममा सदरमुकाम आसपासमा रहेका ल्होछारप्रेमीहरुलाई ल्होछारको उल्लासले आकर्षण गर्नेछन् र जसको कारण जिल्लाकै पर्यटन प्रवर्द्वन संगै मेला पर्वको समेत जोगेर्ण गर्ने उदेश्य रहेको आयोजक बताउंछन् ।

लामो समय पस्चात सदरमुकाम केन्द्रित कार्यक्रम आयोजना गर्ने तयारी रहेको हुंदा यो बर्षको ल्होछार कार्यक्रमलाई अझ भव्य, सभ्य र आकर्षक रूपमा मनाउने तयारी गरिएको कलाकार कुइसाङ रुम्वाले बताभए। उनका अनुसार बृहत सांस्कृतिक कार्यक्रममा आफ्ना सांगीतिक प्रस्तुतिका लागि लोकप्रिय गायक तथा संगीतकार रोज मोक्तान, तामाङ महानायक अमिर दोङ, मोडल याङ्गी दोङ, गायक सुवास मोक्तान, प्रतिक मोक्तान, सानुबाबु घिसिङ, सुशिल तितुङ, मिन योञ्जन र कोपिला वाइवा जस्ता चर्चित कलाकारहरूले ल्होछारको एकै मंचबाट मनोरन्जन दिने भएकोछ । साथै कार्यक्रम स्थलमा तामाङ समुदायको सांस्कृतिक झल्को दिने भेषभूषा, परम्परागत खानाका परिकार, डम्फु तथा अन्य सांस्कृतिक सामग्रीहरू सजाइने व्यवस्थापन गरिएको रुम्बाले जानकारी दिए ।

बृहत सांस्कृतिक कार्यक्रम माघ ३ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । आयोजकले सम्पूर्ण तामाङ समुदायसहित सबै संस्कृति प्रेमीहरू महानुभावहरुलाई लाई कार्यक्रममा उपस्थित भई ल्होछारलाई उल्लासमय बनाउन अनुरोध गरेका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्