8.1 C
Kathmandu

कला/ साहित्य२० वर्षपछि रोज मोक्तान र जमुना योन्जनको सहकार्यमा आंखामा चस्मा च्याट्टै सार्बजनिक(भिडियोसहित)

२० वर्षपछि रोज मोक्तान र जमुना योन्जनको सहकार्यमा आंखामा चस्मा च्याट्टै सार्बजनिक(भिडियोसहित)

काठमाडौ । सेलो गीतसंगीत क्षेत्रका लोकप्रिय कलाकार रोज मोक्तान र जमुना योन्जन २० बर्षपछि पुनः एउटै सांगीतिक परियोजनामा एकै साथ देखिएका छन् । विहिबार मोक्तान र योन्जनको संयुक्त आवाजमा सेलो गीत “आंखामा चस्मा च्याट्टै” रोज मोक्तान अफिसियल च्यानल मार्फत भिडियो सहित डिजिटल बजारमा सार्वजनिक भएको हो ।

तामाङ सांगीतिक क्षेत्रका लोकप्रिय कलाकार रोज मोक्तान र जमुन योन्जन २० वर्षपछि पुनः एउटै साङ्गीतिक परियोजनामा एकसाथ देखिएका छन्। उनीहरुको सहकार्यमा बनेको उक्त गीतमा दुवै जनाको आवाज मात्र नभएर अभिनय पनि हेर्न सकिनेछ । लामो समय पछिको सहकार्यमा बनेको यस गीतको छायांकनमा धित मर्ने मनोरन्जन समेत व्यक्त गरेका थिए । 

तामाङ महानायक अमिर दोङको निर्देशनमा उपत्यकास्थित ऐतिहांसिक, एवम् पर्यटकिय क्षेत्रको रुपमा परिचित गोकर्ण आसपासमा छायांकन पस्चात सार्बजनिक गरेको उक्त गीतको छायांकन स्थलको दृश्य हेर्दा कुनै सांस्कृतिक कार्यक्रमको रौनक भन्दा कम थिएन । फ्रेममा रोज मोक्तान, जमुना योन्जन, अमिर दोङ, बिपाशना तामाङ र नव मोडल निशा लामाको उपस्थिति, नृत्य संगै अभिनयले भिडियोलाई थप रौनकता दिएको देखिन्छ । अझ चर्चित हांस्य कलाकार कुईसाङ रुम्बाको कमेडिले दर्शकलाई हसाउन उत्तिकै सफल भएको देखिन्छ ।

तामाङ र शेर्पा समुदायको कल्चरल ड्रेस मिक्स सहितको ब्याग्राउण्ड कोरस आर्टिस्टले भिडियोलाई थप रोमान्चक र आकर्शक बनाएको आभास जो कोहीलाई अवस्य हुने देखिन्छ । जीवन बोम्जन तामाङ र रोज मोक्तानको शब्द रचना रहेको उक्त गीतमा संगीत रोज मोक्तानको रहेको छ भने आवाज रोज मोक्तान र जमुना योन्जनको रहेको छ ।  अमिर देङको निर्देशन तथा पाल्देन लामाको कोरियोग्राफिमा बनेको उक्त भिडियोमा रोज मोक्तान, जमुना योन्जन, अमिर देङ, बिपशना तामाङ, निशा लामा र कुईसाङ रुम्बाको अभिनय रहेको छ ।

सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। लामो समयपछि दुई स्थापित कलाकारको सहकार्यलाई तामाङ सांगीतिक क्षेत्रका लागि विशेष उपलब्धिका रूपमा हेरिएको छ।

भिडियो हेर्नुहोस..

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्