काठमाडौं । तामाङ चलचित्रका महानायक अमिर दोङले चिसो मौसम, हावामा तैरिने मायाको संकेत सहित हिउँ पर्यो हिमाली भेगैमा बोलको गीत भिडियो सहित शुक्रबार डम्फु मिडिया हाउस मार्फत डिजिटल बजारमा सार्बजनिक गरेको छ ।
हिमालको चिसो हावा र प्रेमको न्यानोपनलाई एकै साथ समेटिएको हिउँ पर्यो हिमाली भेगैमा बोलको नयाँ म्युजिक भिडिले गीतसंगीतको क्षेत्रमा एउटा नयाँ इट्टा थप्ने काम गरेको छ । गीतमा देखाइएको तामाङ महानायक अमिर दोङ र अम्विका तामाङको रोमान्टिक प्रेमयात्रा, हिमाली भेगको सुनौलो दृश्य, यी सबै पक्षले दर्शकको मन छुने प्रयास गरिएको छ । भिडियोमा देखिने कलाकाहरुको अभिनय, हिमाली भू–दृश्यका आकर्षक फ्रेम, गीतको शब्द चयन, गायन र संगीतको संयोजनले यो गीतमा थप स्वाद थपिएको पाईन्छ ।
शुक्रबार सार्बजनिक भएको उक्त गीतमा शब्द र संगीत सुसन लामाको रहेको छ । सुसन लामा निक्कै लामो समयदेखी नेपाली तथा सेलो गीतसंगीतको एक सफल र चर्चित सर्जको रुपमा चिनिने अनुहार हो । उनले लेखेको शब्द र उनको कम्पोजिशनमा गीत नगाउने कलाकार सायदै कमै होलान, नेपली गीतसंगीतको क्षेत्रमा तारा झैं चम्केका धेरै पुराना तथा नव कलाकाहरुले समेत उनको शब्द संगीतमा तयार पारेको गीत गाइसकेका छन् । तसर्थ हिउँ पर्यो हिमाली भेगैमा बोलको गीतमा अडियो पक्ष निक्कै बलियो रहेको सहजै अनुमान लगाउन सकिन्छ । उक्त गीतमो आवाज अबिज लामाको रहेको छ भने गीतको अडियो एरेञ्ज फनिन्द्र राई र मिक्सिङ अर्पण थिङले गरेको छ ।
गीतको भिडियोतर्फ भने यसै गीतका रचनाकार तथा संगीतकार सुसन लामाकै स्टोरी र निर्देशनमा तामाङ महानायक अमिर दोङ, निक्कै नै चर्चित मोडल/नायिका अम्विका तामाङको मुख्य अभिनय रहेको छ भने अन्य कलाकारहरुमा युवराज लामा र बुद्ध लामा पनि देख्न सकिनेछ ।
गीतको भिडियो छायांकन सेन्साइ पेमा वाइबाले गरेको छ भने, भिडियो सम्पादन, रंग सम्पादन त्रिलोक लामाले गरेको छ । त्यस्तै प्रोडक्शन म्यानेजरको रुपमा कुईसाङ रुम्बाले भुमिका निर्वाह गरेका थिए

