6.1 C
Kathmandu

समाचारबौद्ध तामाङ कल्याण गुठीको नेतृत्वमा राजेन्द्रकुमार लामा

बौद्ध तामाङ कल्याण गुठीको नेतृत्वमा राजेन्द्रकुमार लामा

काठमाडौं । बौद्ध तामाङ कल्याण गुठीको नेतृत्वमा राजेन्द्रकुमार लामा निर्वाचित भएको छ। गुठीको हालै सम्पन्न ७औं अधिवेशन तथा २०औं साधारणसभाबाट अध्यक्षमा राजेन्द्रकुमार लामा अत्यधिक बहुमतले बिजय भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि छिरिङ दोर्जे लामा, विशिस्ट अतिथि का म न प ६ वडा अध्यक्ष भुवन लामा, अतिथिहरु स्थानीय संघसंस्थाका प्रतिनिधि, समाजसेवी लगायतको उपस्थितिमा समापन भएको हो । समुद्धघाटन कार्यक्रममा ज्येष्ठ नागरिक कृष्णबहादुर लामा सम्मानित, शिक्षण क्षेत्रमा उत्कृष्ट व्यक्तित्वहरुलाई नगद सहित अभिनन्दन पत्रले सम्मान गरिएको थियो ।
अधिवक्ता विक्रम राई, टासी कुमार लामा र सम्पूर्ण कुमार लामाको गठित निर्वाचन कमिटीले अन्य पदमा सर्वसम्मत निर्विरोध निर्वाचित भए पनि अध्यक्ष पदमा चुनाव गरिएको थियो । राजेन्द्रकुमार लामाले २१९ मत प्राप्त गकेको थियो भने प्रतिद्वन्द्वी उम्मेद्वार जयमंगल लामाले ६१ मत प्राप्त गकेको थियो ।

उन्नाइस सदस्यको कार्यसमितिमा बरिस्ठ उपाध्यक्षमा मनोज कुमार लामा, उपाध्यक्ष सोनम लामा नुर्बु लामा र सृजन लामा सचिवमी धरम् लामा, सह सचिव गंगा लामा, कोषाध्यक्षमा बलविर लामा लगायत दश सदस्यहरु निर्वचित भएको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्